कार्यालयमा तोडफोड र सुरक्षाकर्मीलाई घाइते बनाउनेमाथि कारवाहीको माग

  • साउन ६, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,असार ५ गते । लहान स्थित जिलला डिभिजन बन कार्यालय लहानको कार्यालयमा तोडफोड गरी कार्यालयमा रहेका आधा दर्जन सुरक्षाकर्मीहरुलाई घाइते बनाउने समूहलाई नियणत्रणमा लिइ आवश्यक कानूनी कारवाहीको लागि माग गरेको छ । पत्रकार सममेलनको आयोजना गरी कार्यालय प्रमुख सुभाषचन्द्र दासले यस्तो माग गर्नु भएको हो ।


साउन १ गते दिनको २ बजे आफू चुरे अभियानी बताउने सुनिल यादव र गोलबजार नगरपालिका वडा नम्बर १० का वडाधयक्ष देव नारायण महतो र सोही नगरपालिका बस्ने वडा नम्बर ९ का लक्षमण यादवको नेतृत्वमा आएका ४० जनाको समूहले नारावाजी गर्दै कार्यालयका भ्mयाल ढोका तोडफोड गरी कार्यालयमा रहेका सुरक्षाकर्मी हरु क्रमशः जमदार भूपेन्द्र प्रसाद पौडेल,ब्रम्हदेव यादव,रामचन्द्र चौधरी , शिव कुमार साह र फरेष्टर राम सरोज रायलाई कुटपिट गरी घाइते बनाएको डिभिजन वन कार्यालय सिरहा लहानका अधिकृत सुभाष चन्द्र दासले पत्रकार सममेलनको आयोजना गरी जानकारी दिनुभयो ।


उहाँको अनुसार तोडफोड गरी सुरक्षाकर्मीहरुलाई कुटपिट गर्न थालेपछि इलाका प्रहरी कार्यालय लहानलाई जानकारी गराएपछि कार्यालयमा प्रहरीहरु आएर घटनामा संलग्न गोलबजार नगरपालिका –९ का सुरेश सिंह र सुरेश कुमार महतोलाई नियणत्रणमा लिएको थियो भने बाँकी भाग्न सफल भएको थियो । पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानमा राखी कारवाही अघि बढाएको हो ।


अभियानी भने सुनिल कुमार यादवले असार ३० गते कार्यालयमा आइ विरुवा खरिदमा भ्रष्टाचार गरेको सो बारे सूचना माग गर्दा मिमित्त डिभिजन वन अधिकृत गंगा प्रसाद यादवले कार्यालय प्रमुख दास आएपछि सबै सूचना उपलब्ध गराउने विश्वास दिलाएकै दुई दिनपछि एकासी कार्यालयमा प्रवेश गरी घट्ना घटाएको प्रमुख दासले जानकारी दिनुभयो ।


५० हजार आँप,कागती र लिची विरुवा खरिदको लागि गरेको टेण्डरमा प्रति विरुवा ५० रुपियााको दरले लहान नगरपालिका –१९ कटहाको चतुभूर्ज नर्सरीले शर्त अनुसार कोभिडको कारण देखाँउदै उपलब्ध गराउन नसकेपछि फलफूल वागवानी दिलिप नर्सरी रौटहटले प्रति विरुवा ७८ रुपियाँको दरले टेण्डर उपलब्ध गराउने टेण्डर लिएको थियो । सो नर्सरीले समेत उपलब्ध गराउन असमर्थ भएको जानकारी गराएपछि ५० लाखको एक तिहाइ कोटेशन मार्फत पाँच पाँच हजार कोटेशन मार्फतबाट आँप, लिची र कागती खरिद गरी सम्बन्धित वडा कार्यालयको माध्यबाट वितरण गरी लगाएको प्रमुख दासले पत्रकार सममेलनमा प्रष्टयाउनुभयो ।

 

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A