परीक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण सुरु

  • भदौ ३०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान स्थित यातायात व्यवस्था कार्यालय लहानले सोमबारदेखि परीक्षणकालिन सवारी अनुमतिपत्र वितरण सुरु गरेको छ । यो सेवा रसिद काटिएपछि तुरुन्तै पाउने गरी प्रयोगमा ल्याउने गरी सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्रदेश २ को लोपोन्मुख जातिमा पर्ने कुशवार जातिका अरुण कुशवारलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले अनुमतिपत्र दिएर वितरण कार्यको सुरु गर्नुभयो । कार्यक्रममा प्रजिअ कणेलले भन्नुभयो,‘जनघनत्व र वढी सेवागा्राहीको चाप हुने कार्यालयहरुमा अनलाईन प्रणलीबाट बढी भीडभाड हुन नदिन र विचौलियाहरुले गर्ने चलखेल रोक्न यो प्रणाली ल्याएको हो । कार्यालयका प्रमुख माथिल्लो तल्लामा आरामले बस्ने होइन भीड हुने तल्लो भूई तालामा बसेर सेवाग्राहीहरुलाई छिटो छरितो सेवा दिनुपर्छ ।’

licence news.photo 2

अर्को कार्यालयमा जाँदा सेवाग्राहीलाई कति पीडा हुँदो रहेछ भने महसुस आफूले समेत अनुभव गरेको भन्दै कार्यालय प्रमुख मीन भट्टराइले आफू सेवाग्राही हुँ भनेर सेवा दिइने विश्वास व्यक्त गर्नुभयो । लहानमा रहँदा मिडिया र अन्य क्षेत्रबाट निकै सहयोग पाएको अनुभव साट्दै प्रमुख भट्टराइले थप्नुभयो, ‘परीक्षण कालिन अनुमतिपत्र पानीमा नगल्ने गुण यसमा छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रिय राष्ट्रिय परिषदका सदस्य दिनेश्वर प्रसाद गुप्ताले अनलाइन सेवा प्रभावकारी होस र कार्यालय प्रमुख भट्टराइले व्यक्त गर्नु भएको प्रतिवद्धता र प्रजिअ कणेलले दिनु भएको निर्देशन अनुसार काम होस भने भने शुभकामना दिनुभयो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A