भित्ते पत्रिका तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

  • असोज २४, २०७८
  • समृद्धिपथ
alt

रामभरोसी महतो,

लहान । मुक्ति नेपालद्धारा सिरहाको गोलबजारमा सञ्चालित तीन दिने बाल भित्ते पत्रिका तथा प्रतिवेदन लेखन तालिम शनिवार सम्पन्न भएको छ ।

भित्ते पत्रिका तथा प्रतिवेदन लेखन क्षमता विकास गर्ने उदेश्यले गोलबजारस्थित मुक्ति नेपालको तालिम हलमा विहिवारदेखि सञ्चालन गरेको सो तालिममा मुक्ति नेपालसंग आवद्ध बाल क्लव, युवा क्लव र शान्ति दुतहरु गरी २२ जनाको सहभागिता रहेको कार्यक्रम अधिकृत विशेश्वर दासले जानकारी दिनुभयो ।

बाल अधिकार, युवा र नेतृत्व, बाल भित्ते पत्रिकामा समावेश गरिने विधा र सो विधा लेखन सीप, एवम् प्रतिवेदन लेखन लगायतको विषयमा छलफल गरिएको सो तालिममा रेडियोकर्मी एवम् भित्ते पत्रिका लेखन सहजकर्ता रामभरोसी महतोले सहजीकरण गर्नुभएको मुक्ति नेपालकी मनोपरामर्शकर्ता सन्जु खडकाले जानकारी दिनुभयो । विभिन्न चार समुहमा सहभागीहरुले सामुहिक अभ्यासको क्रममा हाम्रो सगरमाथा, लालिगुराँस, नागरिक आवाज र न्यायको खोजी नामको भित्ते पत्रिका प्रकाशन गरेको खडकाले बताउनुभयो ।

तालिमका सहभागीहरु विभिन्न चार समुहमा सामुहिक अभ्यास गरी चार वटा भित्ते पत्रिका समेत प्रकाशन गर्न सफल भएकोले भित्ते पत्रिका मार्फत सामाजिक रुपान्तरणको अभियानलाई अझ सशक्त बनाउन सहज हुने बताउदै मुक्ति नेपालकी कार्यकारी निर्देशक श्यामकुमारी साहले भित्ते पत्रिका प्रकाशन कार्यलाई निरन्तरता प्रदान गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A