प्रथम वडा अधिवेशनबाट अमोला महतोको नेतृत्वमा कमिटि गठन

  • कार्तिक २, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
नेकपा एमाले लहान नगरपालिका–२ नम्बर वडाको प्रथम अधिवेशनबाट अमोला महतोको नेतृत्वमा सर्वसम्मतिबाट वडा कमिटि गठन भएको छ । प्रतिकूल मौषममा पनि वडा नम्बर–२ को प्रथम वडा अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।

lahan 2 ma emale comitee  news.photo 2
अधिवेशनबाट उपाध्यक्षमा मो आलम,सचिवमा प्रमेश्वर महतो,सह सचिवमा दुर्गानन्द महतो, सहचिवमा राजिन सदाय र सदस्यहरुमा क्रमशः अनिता साह,रामध्यान महतो,सविता देवी महतो,मो. हकिम,आनन्दी देवी सदाय,सिता देवी चौधरी,जमिदा खातुन,जिवछ महतो,राम दयाल महतो,श्रीराम सदाय,लाल बहादुर राम,दयावति सदाय,सकुलिया सदाय,संगिता यादव,राम विलास महतो,सुकदेव सदाय,मो. जलिफा,शम्भु सदाय,मोमिना खातुन,शलिमा खातुन,राजेन्द्र यादव र मेदिलाल साह चयन भएका छन् ।


नव निर्वाचित कमिटिलाई नेकपा एमाले सिरहा–१ इन्चार्ज तथा जिल्ला कमिटि सचिवालय सदस्य विष्णुललाल साहले शपथ ग्रहण गराँउदै पाटीको विधि सिद्यान्त र नीतिलाई पालना गरी आउने निर्वाचनमा यस वडामा एमालेलाई शानदार रुपमा विजय गराउन अहिलेदेखि लाग्नुपर्ने धारणा राख्नुभयो ।

lahan 2 ma emale comitee  news.photo 1 2
जिल्ला सचिवालय सदस्य इन्द्र नारायण चौधरी, जिल्ला कमिटि सदस्य राम नारायण मेहताले अधिवेशनमा शुभकामना मनतव्य दिनु हुँदै निर्वाचित कमिटिले वडा नम्बर–२ को विकास र समृद्धिको लागि नयाँ इतिहास रच्नुपर्ने जिम्मेवारी वहन गर्नुपर्ने सुझाव दिनुभयो ।


यसैगरी पविना सिंह,केशव महतो,मो आलमले शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिवेशनको उद्घाट्न सत्रको अध्यक्षता जिल्ला कमिटि सदस्य साग।लाल चौधरीले गर्नु भएको थियो भने संचालन जिल्ला कमिटि सदस्य जिवछ उदासीले गर्नुभएको कार्यक्रममा स्वागत कनत्वय शिव कुमार साहले व्यक्त गर्नुभएको थियो ।

lahan 2 ma emale comitee  news.photo 5
वडा अधिवेशनको व्यवस्थापनको लागि राम औतार महतो,जितेन्द्र यादव,शिव नारायण महतो, रामपृत महतो,केशव महतो,राम धयान महतो, पविना सिंह लगायतका स्थानीय अगुवा कार्यकर्ताहरुलाई सफल व्यवस्थापन गर्नु भएकोमा र कार्यक्रमको लागि विद्यालय भवन उपलब्ध गर्नु भएको गलोवल एकेडेमीका संचालिका कञ्चन मिश्रालाई धन्यवाद ज्ञापन गरिएको थियो ।यसैगरी लहान–१५ को वडा अधिवेशन सम्पन्न भएको छ । कमिटि गठनबारे विस्तृत विवरण आउन वाँकी छ ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A