जिवछ उदासी
राष्ट्रिय युवा संघ नेपालको मातहत रहेको युथफोर्सको आयोजना हुने ऐतिहासिक र वृहत्त मोटरसाइकल रयालीमा ट्राफिक नियमको पालना गरी कातिक १४गते आइतबार प्रदेर्शन हुन लागेको राष्ट्रिय युवा संघ सिरहाले जनाएको छ ।कातिक १२ गते वेलुका पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका स्थायी कमिटि सदस्य तथा सिरहा इन्चार्ज बैजनाथ साहले सिरहा जिल्लाको इतिहासमा बृहत मोटरसाइकल प्रदेर्शन हुन लागेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘बन्दीपुर,सिरहा मिर्चैया गोलबजार धनगडीमाइ लहानलाई उप केन्द्र कायम गरी जिल्लाका१७ वटै पालिकाबाट ३५ सयभन्दा बढी मोटरसाइकल रयालीमो हुनेछ ।प्रत्येक मोटरसाइकलमा चालकसहित दुईजनाको दरले १८ देखि ४० वर्ष सम्मका युवाहरुलाई युथफोर्सको फेटा सहित ट्राफिक नियम पालना गरी परिचालित गर्ने तयारी भइरहेको छ ।’
नेकपा एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले ११ गते सिरहामा सम्पन्न जिल्ला कमिटिको बैठकले लहानमा भेला हुने युथफोर्सको कार्यक्रमबो लागि १७ वटै पालिकालाई मोटरसाइकल व्यवस्थापनको लागि जिम्मेवारी तोकिएको भन्दै सिरहामा नेकपा एमालेमा फुटको असर नपरेको दावी गर्नुभयो ।
३५सयभन्दा बढीमोटरसाइकल रयालीबाट हुने सक्ने संभावित दुर्घट्नालाई समेत ध्यानमा राखेर ट्राफिक नियम अनुसार अनिवार्य हेलमेट लगाई २० देखि ३० प्रति किलोमिटरको हिसावले मोटरसाइकल चलाउने लगायतका नियमहरुलाई कडाइका साथ लागु गराउन प्रहरी प्रशासनसँग समेत समन्वय गरिने राष्ट्रिय युवा संघ सिरहाका अध्यक्ष इन्देश राउतले जानकारी गराउनुभयो ।
लहानको नयाँ वसपार्कमा आयोजना हुने युथफोर्सको भेलााले लहानको समृद्धि र विकासमा उत्पन्न भएको तगाररो समाप्त भएर जाने सन्देस समेत प्रवाह हुने विश्वास लिएको नेकपा एमाले प्रदेश कमिटिका सदस्य तथा लहान नगरप्रमुख मुनि साहले जानकारी दिनुभयो ।
युथफोर्स सिरहाका संयोजक सरोजचन्द्र यादवका अनुसार १४ गते हुने युथफोर्सको भेला र रयालीको लागि तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।
त्यहि स्थलमा आयोजित अर्को पत्रकार सम्मेलन नेकपा एमाले लहान नगरकमिटिको आयोजनामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा लहान नगरकमिटिका अध्यक्ष राज कुमार साहले प्रथम नगर अधिवेशनबाट सर्वसम्मति तरिकाले मेरो नेतेत्वमा उपाध्यक्ष पविन कुमारी सिन्हा,सचिवमा विरेन्द्र प्रसाद चौधरी उपसचिवमा प्रथम लाल चौधरी र रामअधिन यादव पाँच पदाधिकारी सहित ४३ सदस्यीय नगरकमिटि चयन चएको जानकारी गराउनुभयो ।
अधिवेशनले पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष समेत रहनु भएको रामानन्द गुप्ताको निधनप्रति शोक प्रस्ताव र लहानको नयाँ बजार निर्माणमा भइरहेको गतिरोध अन्तय गरी विकास निर्माणको कार्यहरुलाई गति दिन अर्को प्रस्ताव पारित गरेको अध्यक्ष समहले जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A