सिरहाको यादव र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित

  • पुस ४, २०७८
  • समृद्धिपथ
alt

 जिवछ उदासी

लहान,पुस ४ गते । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा सिरहाका चित्रलेखा यादव र पद्म नारायण चौधरी निर्वाचित हुनु भएको छ ।

पुर्व उपसभामुख र पुर्व शिक्षा मन्त्री समेत रहिसक्नु भएको यादव सिरहा नवराजपुर निवासी हुनुहुन्छ । अंग्रेजी विषयको प्राध्यापन पेशा छाडेर नेपाली काँग्रेसबाट राजनीति यात्रा सुरु गर्नु भएकी यादव १३ औ महाधिवेशनमा सिरहाकी सीतादेवी यादवसँग कोषाध्यक्षमा पराजित व्यहोर्नु भएको थियो ।

FB_IMG_1639916868192

केन्द्रीय सदस्यहरुको मतगणना सम्पन्न भएसँगै सिरहाबाट यादव र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । सिरहा १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य र उद्योग राज्यमन्त्री समेत हुनु भएको चौधरी समानुपातिक सांसद हुनुहुन्छ ।

सिरहाबाट केन्द्रीय सदस्यमा सितादेवीको पुत्र डा सुभाष चन्द्र यादब,युवानेता संजय यादव पुरानो संघर्षशील नेता राम दयाल यादव केन्द्रीय सदस्यको लागि पहिलो पटक उम्मेदबार भएपनि यादव र चौधरीले विजय हुन सफल हुनु भएका हुन् ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A