नेपाल मुस्लिम इत्तेहाद संगठन लहानको अध्यक्षमा सिद्दिकी

  • फागुन ७, २०७८
  • समृद्धिपथ
alt

लहान । नेपाल मुस्लिम इत्तेहाद संगठन लहानको अध्यक्षमा मो. फिरोज सिद्दिकीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठन लहानको शनिवार बसेको भेलाले सिद्दिकीको अध्यक्षतामा ३१ सदस्य लहान नगर कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा मो. इब्राहिम, सचिवमा मो. फैज आलम, उप—सचिवमा मो. आलम र कोषध्यक्षमा अब्दुल गफुर चयन हुनु भएको छ ।

photo_2022-02-19_20-32-56

त्यसैगरी सदस्यहरुमा मो. हनिफ, मो. कासिम, नुर मोहम्मद, आशा खातुन, मो. कलाम, मो. परवेज आलम, मो. सहनवाज आलम, जविना खातुन, मो. सहमुद, मो. अब्दुल हक, कुल्सुन खातुन, मो. हारुन, मो. सुल्तान, मो. सफिउल्ला, अब्दुल रहमान, मो. मजेबुल, मो. वकिल मियाँ, मो. रजाक, मो. मुस्तुफा, मो. इशा, मो. जहागिर, मो. नजरुल हासमीलगायतका रहेका छन् ।

नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहको अध्यक्षता एवम् नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रियासत लिमी (मुन्ना)को प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य रामरती रामको विशिष्ट अतिथिमा सम्पन्न भेलामा नेकपा एमाले सिरहा जिल्ला सदस्य जिवछ यादव, राष्ट्रिय युवा संघ नेपाल सिरहाका सचिव जगदिश चौधरी, राष्ट्रिय युवा संघ नेपाल सिरहाका सचिवालय सदस्य इस्राईल सिद्दिकी, लहान नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष मो. शमशेरलगायतले भेलालाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण लहान नगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले गर्नु भएको थियो ।

photo_2022-02-19_20-32-57 (2) photo_2022-02-19_20-32-55 photo_2022-02-19_20-32-57 photo_2022-02-19_20-32-57 (3) photo_2022-02-19_20-32-56 (3)

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A