अगामी निर्वाचनमा जसपाको वर्चश्व हुने :अध्यक्ष यादव

  • फागुन ८, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहान,फागुन ८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अगामी तीनै तहको निर्वाचनमा जनता समाजवादी पार्टीेको वर्चश्व हुने हुने बताउनु भएको छ । औरही गाउँपालिका–३ करहरबामा बृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै फागु्न ५ गते यस्तो बताउनु भएको थियो ।

प्रदेश २ को नमाकरण मधेस प्रदेश महत्पूर्ण उपलब्धी भएको उहाँले भन्दै संघीयता र आरक्षणको रक्षा जसपा बाहेक अरु पार्टीले गर्न नसक्ने भएकोले देशैभरीमा जसपामा प्रवेशको लहर चलेको तर्क गर्नुभयो । संघीयताको लागि मधेस आन्दोलनको जननी रहेको सिरहा जिल्लाको १७ वटै पालिकाहरुमा जसपाको मजबूत अवस्था बनाउन नेता कार्यकर्ताहरुलाई मञ्चबाटै अध्यक्ष यादवले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाली काँग्रेस र एमालेको प्रवृत्तिबाट मधेस प्रदेशका जनताहरु आजित भएर जसपा रोजिरहेको छ,विकास र निकास खोजिरहेको छ ।’ गठबन्धनमा रहेर पनि जसपाले आफ्नो राजनीतिक अडानबाट पछि नपर्ने अध्यक्ष यादवले दृढता व्यक्त गर्दै भन्नुभयो,‘मधेशी, महिला, जनजातिलाई अधिकार सम्पन्न नबनाएसम्म सडक,सदन र सरकारमा रहेर संघर्ष गरिरहने छौ।’

राष्ट्रिय सहमतिकै आधारमा एमसीसी पारित हुनुपर्ने अध्यक्ष यादवले भन्दै सबैको अनुहार झल्किने राष्ट्रियता र विकासलाई आधार मानेर जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।‘संविधानको रक्षा र प्रतिगमनबाट देशलाई जोगाउन बनेको गठबन्धन तत्कालै भत्किँदैन । चुनावी तालमेलमा जसपाले आफ्नो हैसियत अनुसार स्थान सुरक्षित गर्नेछ’, उहाँले प्रष्ट्याउनुभयो ।

मधेस प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री बिजय कुमार यादवले मधेश प्रदेशको समृद्धिको आधार कृषिलाई उन्नत बनाउन सरकार काम गरिरहेको जानकारी गराउनुभयो । मधेसमा शिक्षा स्वास्थ्य कृषि र पर्यट्न विकासको मूल आधार मानेर बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।स्थानीय शिबजी यादव,राम खेलाउन यादव,रामनाथ यादव र रेणु देवी यादवको अगुवाईमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी सयौको संख्यामा जसपा प्रवेश गर्नेहरुलाई अबीर माला लगाई अध्यक्ष यादवले स्वागत गर्नुभयो ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A