अर्लि इलेक्शनको नाँउमा स्थानीय चुनाव टार्ने काम नहोस् : पूर्व मन्त्री श्रेष्ठ

  • फागुन २३, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहान, फगुन २३ गते । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा मधेस प्रदेशका इन्चार्ज पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले अर्लि इलेक्शनको नाँउमा स्थानीय चुनाव टार्न नहुने बताउनु भएको छ । नेकपा एमालेको प्रथम कल्याणपुर नगरपालिकाको अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।


‘पाँच दलीय परमादेशी सरकार स्थानीय चुनावबाट भाग्न अर्लि इलेक्शनको वाहानामा टार्न खोजिरहेको छ । गठबन्धन दलहरु एमालेबाट पराजित हुने भयले दिनहुँ षडयन्त्रको तानाबुना बुनिरहेको छ ।’, उहाँले बताउनुभयो ।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेपछि विकासको ढोका खुलेको स्मरण गराउनु हुँदै नेता श्रेष्ठले भन्नुभयो, समृद्ध नेपा खुसी नेपालको नारा तय गरेर राष्ट्रियता र समृद्धिको आकांक्षा पुरा गर्न काम गरिेको दावी गर्नुभयो । केपी ओलीको नेतृत्वमा भएका जनपक्षीय कामहरुको सूची लिएर घर घर गएर पार्टीको नेता कार्यकर्ताहरु परिचालित हुनुपर्ने निर्देशनात्मक आग्रह उहाँले गर्नुभयो ।

lilanath shresht news.photo 2
बैशाख ३० गते हुने चुनावमा माधव नेपालको पत्ता साफ, माओवादीको दयनीय अवस्था हुने र काँग्रेस पनि कमजोर हुने निश्चित रहेकोले चुनावबाट भाग्न खोजे एमाले शक्ति प्रर्दशन गर्न समेत पछि नपर्ने नेता श्रेष्ठले प्रष्टयाउनुभयो । जिल्ला कमिटि सदस्य तथा कल्याणपुर नगरपालिका इन्चार्ज राम पुककार साहको अध्यक्ष्तामा सम्पन्न उद्घाट्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौ नेता कार्यकर्ता एमालेमा समाहित भएको थियो ।


पार्टी प्रवेबश गरेका नव आवगन्तुक नेता कार्यकर्ताहरुलाई सक्रियता , योग्यता र क्षमताको आधारमा जिम्मेबारी दिने नेता श्रेष्ठले विश्वास दिलाउनु भएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघको स्थायी कमिटि सदस्य तथा सिरहा युवा इन्चार्ज बैधनाथ साहले सञ्चालन गर्नु भएको थियो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A