मधेसमा एमाले ठूलो पार्टी बन्ने निश्चित: नेता श्रेष्ठ

  • फागुन २९, २०७८
  • समृद्धिपथ
alt

 जीवछ उदासी 

लहान,फागुन २९ गते । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठ ले मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हुने बताउनु भएकोछ । नेपाल वुद्धिजीवी परिषद् छैठौं जिल्ला अधिवेशनलाई गोलबजार चोहर्वामा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

देशैभरि एमालेमा प्रवेशको लहर चलेको भन्दै मधेस प्रदेशमा एमाले सबभन्दा बलियो र ठूलो पार्टी बन्ने निश्चित रहेको उहाँले दाबी गर्नुभयो । 

मधेसको समृद्धि एमाले बाहेक अरु दलले गर्न नसक्ने विश्वास मधेस प्रदेशको जनतामा हुन थालेकोले दिनहुँ प्रवेशको लहर चलेको नेता श्रेष्ठले बताउनुभयो । 

IMG_20220312_192815

'छिमेकी मुलुक भारतमा चार सय वृद्धा भत्ता पाइरहेको छ भने नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेर चार हजार पुर्याएको छ । पद्मम शमशेरको पालामा शिलान्यास भएको हुलाकी मार्ग कसैले बनाउन सकेको थिएन । केपी ओली नेतृत्वको सरकारले १३ सय करोड बजेट बिनियोजन गरेर निर्माण सम्पन्न हुनै लागेको छ । कृषि उद्योग र भौतिक विकास गरेको एमालेलाई मधेसी जनताले प्यारो पार्टी ठानेर माया गर्न थालेकोले चारैतिर प्रवेशको लहर छ।'उहाँले प्रष्टयाउनुभयो । 

नेकपा एमालेले गरेको काम घरघरमा गएर जनतालाई बुझाउन सके जति दलले गठबन्धन गरेपनि एमालेलाई कुनै शक्तिले हराउन नसक्ने ठोकुवा गर्नु भयो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A