'चुनाव नजिकिँदै एमाले बलियो हुँदै भगवानपुरमा'

  • वैशाख ५, २०७९
  • समृद्धिपथ
alt

 

 

जीवछ उदासी 

बैशाख ५ गते । सिरहाको भगवानपुरमा चुनाव नजिकिँदै गएपछि एमाले झन् बलियो हुँदै जान थालेको छ । भगवानपुर -४ का इन्द्र नारायण यादव,सन्तोष साह,मुनेश्वर यादव,गजेन्द्र मण्डल आजदेखि फेरि एमालेमा सक्रिय हुने गरी एमालेमा फर्किनु भएको छ ।

जनता समाजवादी पार्टी परित्याग गरी भगवानुर -४ का लोकेश्वर साह एमालेमा प्रवेश गर्नु भएको छ । एमालेमा सक्रिय हुने र प्रवेश गर्नेहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले फूलको माला लगाई उत्साहित बनाउनु भएको थियो । 

२०७४ सालको स्थानीय निर्वाचनमा उग्र नारायण यादवले। ८४ मतले पछि पर्नु भएको थियो । हाल जिल्ला कमिटि सचिव समेत रहनु भएको यादव भगवानपुर गाउँ पालिकाबाट अध्यक्ष पदको एकल उम्मेदबार हुनु भएको छ । जनताको सुखदुःखमा सदा समर्पित यादवलाई जिताउन भगवानपुर को जनता आतुर देखिएका छन् ।कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य राम शंकर यादव र केन्द्रित सल्लाहकार समिति सदस्य तथा प्रदेश सभा माननीय लगनलाल चौधरीको समेत उपस्थिति रहेको थियो । 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A