नेकपा एसको हैसियत देखिएन भन्दै कांग्रेस-माओवादीले यसरी लगाए पाखा

  • वैशाख ११, २०७९
  • समृद्धिपथ
alt

काठमाडौं, बैशाख ११ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सिट बाँडफाँडमा देशैभर धोका पाएको छ । एक महानगरपालिका र एक उपमहानगरपालिकाको प्रमुख पाएको एकीकृत समाजवादीलाई जिल्ला र प्रदेशबाट हुने बाँडफाँडमा कांग्रेस र माओवादीले नराम्रोसँग पाखा लगाएको हो ।

कांग्रेस माओवादीले नेकपा एसको हैसियत कतै नदेखिएको भन्दै पाखा लगाएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले नै महानगर उपमहानगरमा उत्साही बनाए पनि जिल्लाबाट धोका पाएको सार्वजनिक प्रतिक्रिया दिनुभएको छ । सो पार्टीलाई धरान उपमहानगरमा एकजना वडाध्यक्षमा सीमित गरिएको छ ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म पनि एकीकृत समाजवादीलाई ठाउँ दिइएन । नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै ‘परि आए एक्लै चुनाव लड्ने’ चेतावनीसमेत दिएको छ । गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमतिका बाबजूद मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लंघर गरी भागबण्डा गरेको भन्दै नेकपा एसले आपत्तिसमेत जनाएको छ ।

विज्ञप्तिमार्फत् गठबन्धनमा आबद्ध दलहरूले मापदण्ड विपरीतका गतिविधि कायम राखेको खण्डमा गठबन्धनबाट बाहिरिएर आफ्नो पार्टी अघि बढ्नेतर्फ दलहरूको ध्यानाकर्षण गरिएको छ ।

झापामा वडा सदस्यसमेत दिन आनाकानी गरेपछि गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ । मोरङ र सुनसरीमा पनि उही हविगत भएको छ । संखुवासभा र तेह्रथुमबाहेक प्रदेश नम्बर १ मा एकीकृत समाजवादी अलग्गिएको छ । नेकपा एसका उपमहासचिव डा. विजय पौडेलका अनुसार ७७ मध्ये ६५ जिल्लामा गठबन्धनले आफूहरुलाई पेलेको छ । जनता टाइम्स

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A