लहान ९ मा एमाले काँग्रेसबीच टक्कर

  • वैशाख २२, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, बैशाख २२ गते । लहान नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका वडाध्यक्षको उमेदवार मो. नियामुदिन र नेपाली काँग्रेसको वडाध्यक्षको उम्मेदबार घुरन चौधरीबीच कडा टक्कर हुने भएको छ ।

अहिले १४७५ मतदाता रहेको यस वडामा २०७४ को चुनावमा नेकपा एमालेबाट वडाअध्यमा प्रदिप चौधरी जीत हासिल गर्नु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षको उम्मेदबार रहनु भएको इश्वर देव साह दुई सय मत प्राप्त गर्नु भएको साह अहिले नेकपा एमालेमा प्रवेश गरिसक्नु भएकोले नेकपा एमाले मजबुत देखिएको छ । ११२ मतले जीत हासिल गरेको ९ नम्बरमा इश्वर देव साह र जसपाबाट उम्मेदबार हुनु भएको हजारी साहको समर्थन समेत एमालेलाई रहेको छ । 

थारु, मुस्लिम, तेली, पहाडी, यादव र दलितको मतदाता रहेको यस वडामा २०७४ सालको चुनावमा स्वतन्त्र उम्मेदबार केदार मल्ल अहिले नेकपा माओबादी केन्द्रबाट उम्मेदबार हुनु भएको छ भने नेकपा एकिकृत समाजबादीबाट वडाध्यक्षको उम्मेदबार मो नजिम रहनु भएको छ । 

चुनाव नजिकिँदै गएपछि नेकपा एमालेको उम्मेदबार मो. नियामुदिन र नेपाली काँग्रेसको उम्मेदबार घुरन चौधरीबीच नै प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरुको भनाई रहेको छ ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A