लहान २२ मा देखियो एमालेको पक्षमा जनलहर

  • वैशाख २५, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,बैशाख २५ गते । 

पहिलेको शिश्वनी गाउँपालिका हाल लहान नगरपालिका -२२ मा एमालेको पक्षमा व्यापक जन लहर देखिएको छ । 

२०७४ सालको निर्वाचनमा संघीय समाजवादीले जीत हासिल गरेको लहान- २२ मा यसपटक नेकपा एमालेको वडाध्यक्ष जितेन्द्र प्रसाद चौधरीको पक्षमा जन लहर आएकै हो स्थानीयहरु बताउनुहुन्छ।

पटेर्वा शिश्वनी,बेली,गम्हरिया र बर्छवा गाउँमा सात सयभन्दा बढी समर्थक मतदाताहरुले घरदैलो गरेको थियो । 

घरदैलो सम्पन्न सभालाई सम्बोधन गर्दै नेकपा एमाले केस तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले सम्बोधन गर्दै भन्नुभयो,दारु भारुको पछि नलाग्नोस,विकास समृद्धि र तमाम खालको उत्पिडन र बिभेद अन्तय गर्न नेकपा एमालेको सम्पूर्ण उम्मेदवारहरुलाई बिजय गराउन अह्वान गर्नुभयो ।

नेकपा एमाले सल्लाहकार कमिटि सदस्य प्रदेशसभा माननीय लगनलाल चौधरी,केस रामरति रामले एमालेले नै देशमा राष्ट्रिता र समृद्धिको जग मजबुत बनाएकोले गठबन्धनलाई परास्त गर्न एमालेको पक्षमा जन लहर आएको धारणा राख्नुभयो ।

उपमेयरका उम्मेदबार सरियार कुमारी चौधरी र पुर्व मेयर प्रकाश केसीले यस वडाको विकास एमाले बाहेक कसैले गर्न नसक्ने धारणा राख्नुभयो ।३२ सय मतदाता रहेको यस वडामा थारु,दलित ,यादव,कामैत मतदाता रहेका छन् । 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A