सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्य नारायण यादव निर्वाचित

  • जेठ ३, २०७९
  • समृद्धिपथ
alt

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव निर्वाचित भएका छन् भने उपाध्यक्षमा जनता समाजवादी पार्टीका गीताकुमारी सिंह विजयी भएकी छिन्।

सत्य नरायणले २ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी हुँदा, उनका निकटतम प्रतिद्वन्द्विहरु निवर्तमान अध्यक्ष तथा जसपाका उम्मेदवार जागेश्वर यादवले २ हजार १ सय १७ मत र नेपाली काँग्रेसका उम्मेदवार कुशेश्वर यादवले १ जहार ९ सय ६० मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा जनता समाजवादीका सिंह २ हजार २ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रसकी चन्द्र कला कुमारी यादवले १ हजार ९ सय ६९ र नेकपा एमालेका शान्ति देवी यादवले १ हजार ७ सय ६४ मत प्राप्त गरेकी छिन्।

पाँच वटा वडा रहेको यस पालिकामा ३ वटा नेपाली काँग्रेस र २ वटा वडामा जसपाका उम्मेदवार विजयी भएका छन्।
जसपाका भोगेन्द प्रासद यादवले वडा नम्वर १ बाट ७ सय ९८ मत, जय कुमार यदवले ३ नम्वर वडाबाट ४ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

त्यसैगरी, नेपाली काँग्रेसका प्रमोद कुमार यादवले वडा नम्वर २ बाट २ सय ७७, रामबाबु यादव ४ बाट ९ सय १५ र जयनारायण यादव ५ नम्वर वडाबाट ६ सय १८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

यस गाउँ पालिकामा ६ हजार ८ सय ८८ पुरुष र ६ हजार १ सय ६४ महिला सहित १३ हजार ५२ मतदाता रहेपनि ९ हजार ७ सय २४ मात्र मतदान भएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A