सार्वजनिक शिक्षा सुदृढीकरणका लागि लहानमा अन्तरक्रिया

  • जेठ १९, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह-२०२३’ भन्ने नाराका साथ सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सिरहाको लहानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसीई नेपाल जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको उक्त सार्वजनिक शिक्षामा सुदृढीकरण सम्बन्धि छलफल अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीयता र ब्यवहारिकतामा आधारित शिक्षामा जोड दिएको हो ।

शिक्षामा लगानी र स्थानीय सरकारको भूमिका विषयक प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरुले पालिकाहरुको समग्र शैक्षिक अवस्था, समस्या र सुधारका लागि के गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहेल छलफल भएको थियो ।

प्रतिवेदनमा जिल्लाका स्थानीय तहले शिक्षामा प्रयाप्त बजेट छुट्याउदैन । छुट्याएको १४/१५ प्रतिशत बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीको तलव भत्ता, प्रशासनिक खर्चमै कटौटी हुने गरेकोले मौलिक हकमै व्यवस्था गरिएका शिक्षा क्षेत्रको गति अगाडि बढ्न सक्दैन उल्लेख गरिएको छ ।

नेपालमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा स्थानीय सरकारको दायित्व र सो शिक्षा निःशुल्क गर्नुपर्ने सन्दर्भमा कुनै पनि शुल्क नलाग्ने व्यवस्थासहित दिवा खाजा, छात्रवृत्ति, प्राथमिक उपचार र शैक्षिक सामग्रीको व्यवस्थाका लागि हालको शिक्षाको बजेट विनियोजनलाई दोब्बर गर्नुपर्ने माग सहित सुझाव दिइएको छ ।

सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि लहन नगरपालिका, धनगढीमाई नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख, पशुपति आदर्श माध्यमि विद्यालय लहान, ललकु माध्ययमिक विद्यालय लहानलगायतका प्रधानाध्यापकहरु, पत्रकार, शिक्षक, शिक्षाप्रेमी सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A