भायानेटकी सीईओ बोहरा वर्ष व्यावसायिक महिला २०२३ बाट सम्मानित

  • असार २९, २०८०
  • समृद्धिपथ
alt

काठमाडौँ । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ ।

“स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’’ मा आयोजित एक समारोह बीच सीईओ बोहरालाई सम्मान गरिएको हो ।

यस सम्मानबाट सीईओ बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ। सीईओ बोहरा चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उदाहरणीय व्यक्तित्व भएको कम्पनीको भनाइ रहेको छ ।

सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (FTTH) प्रविधिसंचालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा सीईओ बोहरा नेपाली घर-घरमाइन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको कम्पनीले जनाएको छ ।

सीईओ बोहराको मार्गदर्शनमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको, ५१ शाखाहरू स्थापना गरेको र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ ।

भायानेट कम्युनिकेशन लिमिटेडमा सीईओ बोहराको नेतृत्वले नयाँ परिवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको छ भने कम्पनी अत्याधुनिक उत्पादन र सेवाहरू प्रदान गर्न समर्पित रहेको जनाइएको छ ।

भरपर्दो र उच्चगतिको इन्टरनेट सेवालाई देशका बिभिन्न शहर र दुरदराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटको निरन्तर प्रयास रहेको पनि जनाएको छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A