शिक्षकहरुको माग पुराहोस् : माननीय राजेन्द्रप्रसाद चौधरी

  • असोज ४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान, असोज ४ गते । 

मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले शिक्षकहरुले उठाएका मागहरु सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ । 

दर्ता भएको शिक्षा विधेयकमा देशैभरीको शिक्षकहरुले असहमति जनाउँदै राजधानी केन्द्रित शिक्षकहरुको आन्दोलन लम्बिरहयो भने यसले शिक्षा क्षेत्रमा राम्रो नहुने उहाँले बताउनु भएको छ । 

 शिक्षालाई स्थानीय तहमा राख्नु ठिक नभएको,शिक्षकहरुको सेवा सुबिधा कटौती गर्नु जायज नभएको, राहत शिक्षक,विद्यालय कर्मचारी र कार्यालय सहयोगीहरुको स्थायी हुनुपर्ने मागहरुलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

वार्ता र सम्बादको माध्यमबाट शिक्षकहरुको माग पुरा गरेर विद्यालय सुचारु गराउन सरकारले चासो लिनुपर्ने उहाँले आग्रह गर्नुभयो । 

शिक्षक सरुवा वढुवा स्थानीय तहहरुले दलीय नजरले गरिरहेकोले ठूलो समस्याको रुपमा देखिएको भन्दै प्रदेशसभा सदस्य चौधरीले शिक्षक अभिभावक सबैको प्रतिनिधिहरु राखेर व्यापक छलफल गरेर विधेयक ल्याउनु पर्नेमा त्यसो नगर्नु कमजोरी भएको प्रष्टयाउनुभयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A