कांग्रेसका बिद्रोही कार्की कोशीका मुख्यमन्त्रीमा नियुक्त

  • असोज २७, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? भन्नेमा बारेमा बिबाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । 

प्रदेश प्रुमख खापुङले उनले नियुक्त गरिएको जानकारी दिएका हुन् ।

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका थिए भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका थिए । 

आङबोले बुझाएको हस्ताक्षरमा आफनो नाम उल्लेख गरेको भन्दै कार्की समुहले आपत्ति जनाएको थियो । आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको थियो । 

जसअनुसार आङबो समुह हस्ताक्षर सनाखतमा जान नसके पछि आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

newskarkahna-news584870.

  

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A