लहान नगरपालिका सभापतिमा सञ्जय यादव निर्वाचित

  • असोज २९, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

नेपाली काँग्रेसको नगरसभापति चयनको लागि सम्पन्न निर्वाचनबाट युवा नेता सञ्जय यादव निर्वाचित हुनु भएको छ । 

निर्वाचित यादव १५२ मत ल्याएर निर्वाचित हुनु भएको हो भने उहाँलाई १४० मत ल्याएर शितल प्रसाद चौधरीले पछ्याउनु भएको छ । फूलेश्वर महतोले ७३ मत ल्याउनु भएको हो । बाँकी मत बदर भएको छ । जम्मा ३७३ मत खसेको थियो । 

नेपाली काँग्रेस नगर सभापति २०७९ को स्थानीय निर्वाचनमा नगरसभापति रासलाल राय पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेर २४ नम्बर वडाको वडाध्यक्षको उम्मेदबार भएर निर्वाचित हुनुभयो । स्थानीय निर्वाचनदेखि खाली रहेको नगर सभापतिको लागि आज निर्वाचन सम्पन्न भएको हो । 

निर्वाचित नगर सभापति यादवलाई नेपाली काँग्रेस सिरहा -१ को क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको आशिर्वाद थियो । निर्वाचित सञ्जय यादव नेपाल विधार्थी संघबाट त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव,नेवि संघको केन्द्रिय उपाध्यक्ष  प्रदेशको संयोजक समेत रहि हाल महाधिवेशन प्रतिनिधि  सदस्य पनि हुनुहुन्छ । लहानको समुन्नति र विकासको लागि सक्रियतापूर्वक लाग्ने निर्वाचित सभापति यादवले समृद्धिपथलाई छोटो  प्रतिक्रिया दिनुभयो । 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A