वाणिज्य संघ सिरहाका अध्यक्ष सारडामाथि दुर्गा प्रसाईंको कटाक्ष - घोप्टो पारेर लातले दिनुस्

  • माघ ३, २०८०
  • समृद्धिपथ
alt

लहान । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला उद्योग वाणिज्य संघ सिरहाको अध्यक्ष विकास सारडामाथि कटाक्ष गरेका छन् ।

सिरहाको लहानमा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुले आयोजना गरेको कार्यक्रममा प्रसाईंले वाणिज्य संघका अध्यक्ष सारडालाई कालो मुसो दलेर सबक सिखाउनु पर्ने बताएका हुन् ।

प्रसाईँले भने, ‘लहानको उद्योग वाणिज्य संघका अध्यक्षले व्यापारीहरुको कुरा नउठाएकोले उनलाई समातेर कालो मुसो दल्दै घोप्टो पारेर लातले दिनुस।’

कार्यक्रममा व्यापारीहरुलाई ऋण नतिर्न उस्काउदै, सरकरले २० लाख भन्दा मुनिको ऋण मिनहा गर्नु पर्ने धारणा राखेका थिए ।

प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋणीहरूलाई मुक्ति दिलाउने भन्दै आन्दोलन गरिरहेका छन्। पछिल्ला सार्वजनिक कार्यक्रमहरूमा उनले कानुन विपरीत मानिएको यो मुद्दा निरन्तर उठाउँदै आएका छन्।

स्मरणीय होस्- संघका अध्यक्ष सारडाले केहि दिन अगाडी नै पत्रकार सम्मेलन मार्फत आफू र आफ्ना संस्था जिल्ला उद्योग वाणिज्य संघ सिरहा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुको साथमा रहेको बताएका थिए ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A