अनुशासनहीनता अहिलेको नेपाली समाजको प्रमुख चुनौतीः ओली

  • माघ ४, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताएका छन ।

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताएका हुन । 

‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दि गर्न मन पराउने’, ओलीले भने ।

पैसाले मात्र समाज उन्नत नहुने बताउँदै ओलीले आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने बताए । आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने ओलीले प्रष्ट पारेका छन । ‘पैसाले समाजको स्तर, चेतनाको स्तर र सामाजिक मूल्यहरूको स्तर निर्धारण गर्दैन’, उनले भने ।

आफैलाई आफ्नो अनुशासनमा राख्ने कुरामा अहिले गम्भीर न्यूनता आएको ओलीले भनाई छ । व्यक्ति अराजक र अनुशासनहीन भयो भने राज्यले पनि त्यसलाई अनुशासित बनाए राख्न नसक्ने उनले जनाएका छन ।

आज कोही सबैभन्दा बढी अनुशासनमा बस्छ भने त्यो खेलाडी नै भएको ओलीको दाबी छ । त्यसैले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा उनको आग्रह छ ।  ‘अहिले खेलाडी बाहेक अन्यमा त्यस प्रकारको अनुशासन कम छ, खेलमा जस्तो अनुशासन चाहिन्छ त्यस खालको अनुशासन सामाजिक अभ्यासको रूपमा अगाडि बढाउन पर्दछ’, ओलीले भने ।

अनुशासनलाई जीवन पद्धतिको रूपमा विकसित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसलाई अरूले बाध्य पार्ने होइन आफैँ अनुशासित हुने पर्नेमा ओलीको जोड छ । 

ओलीले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने संकल्प बोकेर हिँडेको राष्ट्रिय शक्ति भएको बताए । त्यसैले एमालेका जनसंगठनको क्षेत्र बृहत्तर र व्यापक भएको ओलीको भनाइ छ । एमालेका जनसंगठनको राजनीतिकसँगै सामाजिक जिम्मेवारी पनि त्यतिकै भएको ओलीले जनाएका छन् ।

ओलीले नेपाल खेलकुद महासंघका सदस्यहरूले जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरेका छन । 

राष्ट्रिय खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उहाँहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकोले त्यस कुरामा उहाँहरू सचेत हुनु पर्ने उनको भनाई छ ।

ओलीले खेलकुद खेलाडीको मात्र विषय नभएको पनि बताए । खेलाडीले प्रतिस्पर्धा, पदक र सम्मानको लागि खेल्ने तर हरेक मानिसको स्वास्थ्य रहन कुनै न कुनै खेल खेल्नु पर्ने बताएका छन  ।  ‘त्यसैले हामीले सबैको लागि खेल भनेको हो’, उनले भने ।

- न्यूजकारखाना

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A