अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

  • माघ २८, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं, २८ माघ । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ । 

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो ।

यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् । 

१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो । 

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । 
 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A