विभिन्न बहानामा मनपरी शुल्क असुल्दै लहानका सामुदायिक विद्यालय

  • वैशाख २९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि लहानको नमुना मानिएको विद्यालयले भने संविधान विपरीत विभिन्न बहानामा विद्यार्थीसँग मनपरी शुल्क असुल्ने गरेको पाइएको छ ।

सिरहाको लहान नगरपालिका-३, रघुनाथपुर स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा मनमपरी शुल्क असुलदै आएको खुलासा भएको हो । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो रहेको छ ।

विद्यालयले माध्यमिक शिक्षा परीक्षाको रजिष्ट्रेसन शुल्क, प्रमाणपत्र शुल्क र इन्टरार्स शुल्क बोर्डले तोकेभन्दा बढी अविभावकलाई मार पर्ने गरी लिने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य सलाम अन्सारीले बतानु भयो । उहाँले हामीले गरीब विद्यार्थीहरुसंग मनपरी शुल्क नलिनुस भन्दा पनि विद्यालयका प्रधानाध्यापक शिवशंकर महतोले आफ्नो एकलौटी सासन चलाएको दुखेसो पोख्नु भयो ।

विद्यार्थीलाई भर्ना गराउँन लाग्दा प्रधानाध्यापक महतोले रु ५ हजार पहिलो किस्ता बापत अनिवार्य विद्यालयलाई बुझाउनुपर्ने नबुझाए भर्ना गर्न नमिल्ने सुचना समेत निकालेका छन् ।

यसैगरी, नेपाली र अङ्ग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा वार्षिक कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीले ६ हजार ६ सय, कक्षा ६ का विद्यार्थीले ९ हजार ९ सय, कक्षा ७ का विद्यार्थीले ११ हजार एक सय र कक्षा १० का विद्यार्थीले १६ हजार ५ सय तिर्दै आएका छन् ।

यस विद्यालयमा एक हजार ८ सय विद्यार्थी भर्नाको लक्ष्य राखिएको पनि हालसम्म एक हजार ५ सयबढी विद्यार्थी भर्ना भैसकेको विद्यालयका लेखापाल श्याम सुन्दर महतोले जानकारी दिनुभयो ।

लहान नगर पालिकाले पनि अङ्ग्रेजी माध्यमका लािग गत वर्ष २० लाख रुपैया अनुदान दिएको लहान शिक्षा शाखा प्रमुख अमिरी यादवले जानकारी दिनुभयो ।

शिक्षा पालिका मातहतमा रहे पनि अङ्ग्रेजी माध्यम र चारित्रिक प्रमाणपत्रका नाममा मनपरी शुल्क लिइरहँदा स्थानीय सरकार र जिल्ला शिक्षा एकाइ मौन बसेका छन् ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा भए पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना, परीक्षा, गयल, खेलकूद र विकास शुल्कका नाममा मात्र नभई अङ्ग्रेजी माध्यमको नाममा समेत रकम असुलिरहेका छन् ।

photo_2024-05-11_19-28-18 (2)

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A