सिरहा जिल्लाको सुखीपुर, बरियारपटि, नवराजपुर, भगवानपुर र सखुवानन्कारकटिको नीति तथा कार्यक्रम

  • असार १३, २०८१
  • समृद्धिपथ
alt

असार १० गते सुखीपुर नगरपालिका, बरियारपटि गाउँपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवानन्कारकटि गाउँपालिकाको नीति तथा कार्यक्रम बजेट प्रस्तुतीकरण कार्यक्रममा आंशिक रुपमा सहभागी हुन पाए एक संचारकर्मीको रुपम ।
पालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणपछि शुभकामना मनतव्यमा व्यक्त भएको साझा सुझावको रुपमा आएकाो बजेट पूर्ण रुपमा कार्यान्वयन हुनु परयो । यसको अर्थ प्रष्ट हुन्छ कि - शब्द र योजनाहरु सुन्दर भएपनि कार्यान्वयन पक्ष फितलो रहयो । अब त्यस्तो नहोस् । बोली र ब्यवहारमा समानता देखियोस् । कागजी घोडा जस्तै कामको घोडा दौडिनु परयो । पारदर्शिता सहमति सहकार्य र एकताको वातावरण हुनुपरयो । दलको चुनाव चिन्हबाट जितिएका जन प्रतिनिधिहरु दलको दायरामा मात्रै सीमित नभएर सबै जनताको घभिभाकव हुनुपर्ने संस्कृतिको सुरुवात हुनुपरयो ।
 
सुखीपुर नगरपालिका
sukhipur 1
आज सुखीपुर नगरपालिकाको नगर परिषदमा (सभामा ) नगरप्रमुख राम औतात यादवको कार्यशैली र विकासबाट सन्तुष्टि र सन्तुलन विपक्षी खेमाका दलहरुमा देखिएन । शिक्षा स्वास्थ्य र कृषिमा विनियोजित बजेटको कार्यान्वयन पक्षमा पारदर्शिता र जन सहभागिताको पाटो कमजोर रहेको मत बलियो देखियो । सुखीपकर नगरपालिकामा राम औतार यादव नेकपा एमालेबाट दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएकोले उहाँले निरन्तर ६ वर्ष मेयर भएर काम गर्दा कागजी प्रतिवेदनभन्दा काम आफैं बोल्नु पर्दछ। यो अपेक्षा नगरवासीले राख्नु उचित पनि हो । यद्यपि नगरप्रमुख यादवले आफूले प्रदेशमै नमूना काम गरेको दावी गर्नुहुन्छ । सतापक्ष र विपक्षले बोलेको र गरेको दावीलाई अनुगमन गरी सत्यतथ्य बाहिर ल्याइ दिनु हामी सञ्चारकर्मीको काम हो जस्तो अनुभूति मलाई भयो ।
 
बरियारपटि गाउँपालिका
bariyarpatti 1
बरियारपटि गाउँपालिका को अध्यक्ष सन्तोष महतोपनि लगातार दोस्रो कार्यकालको लागि निर्वाचित गापा अध्यक्ष हुनुहुन्छ । उहाँ जसपाबाट निर्वाचित हुनु भएको हो । पहिलो कार्यकालमा जसपाकै पूर्ण बहुमतमा रहेर चलाउनुभयो । यसपटक उहाँसँग बहुमत नभएकोले परेशानी महसुस गरिरहनु भएको छ । यद्धपी सहमति सहकार्य र एकताको माहौल बनाएर विकास गरौ भने पक्षमा प्रयासरत रहनु भएको छ । बरियारपटि -३ का वडाध्यक्ष बिनोद यादव आफ्नो धारणा राख्ने क्रममा भन्दैहुनुहुन्थ्यो- सिसि क्यामरा जडानको बजेट ,क्रिकेट खेलको बजेट लगायतका बजेटहरु कार्यान्वयन हुन सकेन । आपसी खिचातानीले राम्रो काम कसरी गर्ने स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्नेमा दलीय रोटी सेक्न अस्वस्थ्य अभ्यासले समस्या उत्पन्न भइरहेको तर्क गर्नुभयो । वडाध्यक्ष यादव नेकपा माओवादीबाट निर्वाचित हुनु भएको छ ।
 
नवराजपजर गाउँपालिका
nawarajpur 1
नवराजपुर गाउँपालिका आइपुग्दा गापा अध्यक्ष शिवउदगार यादव समापन्न मनतव्य दिइरहनु भएको थियो । नवराजपुर गाउँपालिका अध्यक्ष यादव जसपाबाट पहिलोपटक निर्वाचित हुनु भएको हो । गापा अध्यक्ष यादवले सभा समापन्नको घोषणा गरेपछि उपाध्यक्ष पुनम कुमारी यादवले म पनि बोल्न पाउनुपर्छ भनेर मञ्चमा उभिनुभयो । होहल्लाको वातावरण बन्यो । छक्क परे । उपाध्यक्षको त अहम भझमिका हुन्छ । किन उहाँलाई बोल्न नदिएको कुरा अध्यक्ष यादवसँग सोधे। उहाँले भन्नुभयो,' कार्यक्रमको सुरुमै उहाँलाई मञ्चमा बस्न मनतव्य राख्न भने । उहाँ बोल्नु भएन । पछि बोल्न दिने कुरा भएन । बन्द सत्रमा पनि उहाँले किन पदीय मर्यादामा बस्नु भएन ? यसबारे प्रष्ट्याउने छु । उपाध्यक्षले होहल्ला गराएपनि पूर्ण बहुमतले परिषद सम्पन्न हुने र लक्ष्य अनुसार विकासका कामलाई कृषि शिक्षा स्वास्थ्य पर्यटनमा विनियोजन गरिएको छ '
 
भगवानपुर गाउँपालिका
bagawanpur 1
भगवानपुर गाउँपालिकामा नेकपा एमाले पूर्ण बहुमतकासाथ जितेको गाउँपालिका हो । नेकपा एमालेको जिल्ला सचिव उग्र नारायण यादव गापा अध्यक्ष हुनुहुन्छ । सोचे अनुसार यस गापामा विकास हुन नसकेको झसन्तुष्टिहरु सुने । नेकपा एमाले जिल्ला सदस्य राम सुन्दर यादवले विकास त भयो तर निकास नभएको तर्क गर्नुभयो । शिक्षा कृषि जस्ता महत्पूर्ण शाखाहरुमा शाखा प्रमुख नभएकोले सोचे अनुसारको काम हुन नसकेको उहाँले प्रष्टयाउनुभयो । 'नाराबाट स्वास्थय शब्द नै गायब गरिदिनु र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुनु धेरै कमजोरी रहेको छउहाँले भन्नुभयो । जुन आशा र भरोसाको भगवानपुरमा एमालेले बहुमतकोसाथ चुनाव जिते,त्यसरी काम हुन नसकेको गुनासो बढि सुनियो ।
 
सखुवानन्कारकटि गाउँपालिका
sakhuwa 1
एकिकृत समाजवादीले जितेको सिरहाको एकल पालिका हो सखुवानन्कारकटि गापा । गापा अध्यक्ष केदारनाथ यादव दोस्रो कार्यकालको लागि चुनिनु भएको हो । पहिलो कार्यकालमा पूर्ण बहुमतको साथ गापा चलाउनु भएको यादवलाई दोस्रो कार्यकालमा बहुमत नहुँदा सोचे अनुसारको काम अघि बढ्न नसकेको उहाँले पीडा पोख्दै आइरहनु भएको छ । यस आर्थिक वर्षको लागि ल्याएको ३९ करोडको बजेटलाई कार्यान्वयन गर्न सहमति सहकार्य र एकताको माध्यमबाट अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । ६ वर्षको कार्यकालमा गरेको कामबाट आत्म सन्तुष्टि रहेको दाबी गर्नुभयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A