अविरल वर्षाका कारण १४८ जनाको मृत्यु, बेपत्ताहरूको खोजी जारी

  • असोज १३, २०८१
  • समृद्धिपथ
alt

अविरल वर्षाका कारण १४८ जनाको मृत्यु, बेपत्ताहरूको खोजी जारी

काठमाडौं । अविरल वर्षाले देशभरि बाढी, पहिरो र डुबानका घटनामा परेर मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ पुगेको हो, जसमा अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका कारण ज्यान गुमाएका छन्।

धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ। यसैगरी, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाढी, पहिरो र डुबानका कारण ५५ जना अझै बेपत्ता छन् र खोजी कार्यलाई जारी राखिएको छ। थप १०१ जना व्यक्ति घाइते भएको विवरण प्राप्त भएको छ।

प्रहरीले हालसम्म बाढी–पहिरोमा फसेका ३,६०० भन्दा बढी व्यक्तिको सफल उद्धार गरेको छ। उद्धार कार्य तीव्र पारिएको छ भने बेपत्ताहरूको खोजीलाई पनि प्रभावकारी बनाउन सुरक्षा निकाय र स्थानीयहरू लागिपरेका छन्। अविरल वर्षाका कारण विभिन्न स्थानका सडकहरू अवरुद्ध भएको र ती सडकहरू खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो प्राकृतिक विपत्तिले विभिन्न स्थानमा ठूला जनधनको क्षति पु¥याएको छ। स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयासमा सरकार र उद्धार टोलीहरू सक्रिय रूपमा संलग्न छन्। साथै, पहिरो र बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन सम्बन्धित निकायहरूले उद्धार प्रयासलाई प्राथमिकता दिएको जनाइएको छ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A