बलान नदी कटान क्षेत्रमा गृहमन्त्री लेखीद्वारा स्थलगत निरिक्षण

  • असोज १७, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,असोज १७ गते । 

मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखी लहानको बलान नदी कटान क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गर्नु भएको छ । 

लहान-४ सुन्दरपुर र इस्लामपुर र लहान-२३ तिलेबोना पुगेर कटानबाट पीडित भएकाहरुलाई उपलब्ध स्रोत साधनबाट सक्दो सहयोगस्वरुप राहत दिइने मन्त्री लेखीले विश्वास दिलाउनुभयो । 

 लहान-४ सुन्दरपुर र इस्लामपुरमा केहि वर्ष अघि बसेको दलित विपन्नहरुको बस्तीमा गत वर्षदेखि तटबन्ध कटान गरेर वस्तीमा बाढी प्रवेश गरिरहेको जोखिमताले उठिवासको अवस्था आएको छ । लहान-२३ मा बलान नदीलेगरिरहेको कटानले यस वर्ष आँपको वगैंचा सहित उर्वरभूमि पाँच विगहा कटान गरिसकेको छ । 

गत विगत वर्षहरुमा एक करोडमा तटबन्ध गर्दा समस्या समाधान हुनेथियो । अब करोडौ खर्चिएर तटबन्ध गर्न नसकिने जपखिमता बढेको स्थानीहरुले मन्त्री लेखीलाई सुनाउनुभयो । लहान -२३ का अशेश्वर यादवले भन्नुभयो,'लहसन -२३ का ५२ विगहा उर्वरभूमि काटि सक्यो । सखुवानन्कारकटि र भगवानपुर गाउँपालिका गरी एक हजार विगहा कटान गरि सकेको छ । स्थलगत निरिक्षण प्रत्येक वर्ष भएपनि दीर्घकसलिन रुपमा समस्या समाधान हुन सकेको छैन । गत वर्ष लहान नगरपालिकाले ५० लाख र प्रदेश सरकारले ९० लाख गरी एक करोड ४० लाखको लागतमा तटबन्ध गरिएको उतरी भागमा सुरक्षित रहयो । ५० लाख अझै खर्च गरेर तटबन्ध गरि दिएको भए यो समस्या नै आउने थिएन । यस वर्षको कटानले त करोडौ रकम लाग्ने छ ।' 

मन्त्री लेखीले स्थानीयहरुको समस्या सुनेर सङघीय र दातृ निकायहरुको सहयोगबाट बाढीग्रस्त क्षेत्रको समस्या समाधान गर्ने वताउनुभयो । उहाँले थप्नुभयो,'बाढीग्रस्त क्षेत्रमा राहत दिन प्रदेश सरकारले आठ करोड छुटयाएको छ ।' 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A