पत्रकारितालाई मर्यादित बनाउने सङ्कल्प

  • पुस ३, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,३ गते ।
नेपाल पत्रकार महासङ्घको २७ आंै अधिवेशनबाट सिरहा शाखाबाट निर्वाचित पत्रकारहरुले सिरहाको पत्रकारतिलाई मर्यादित बनाएर उचाइमा पुरयाउने साझा सङ्कल्प गरेका छन् ।

निर्वाचन समिति सिरहाले सोमबार आयोजना गरेको प्रमाणपत्र वितरण र सम्मान कार्यक्रममा प्रमाणपत्र र सम्मान ग्रहण गर्दै निर्वाचित पत्रकारहरुले यस्तो सङ्कल्प गरेका हुन् ।

सिरहा शाखाका चार पटक अध्यक्ष हुनु भएको प्रमुख अतिथि दिनेश्वर प्रसाद गुप्ताले पत्रकारहरुले आवाज विहिनहरुको आवाज उठाउन साझा सङकल्प लिएर अघि बढ्न आग्रह गर्नुभयो ।‘सिरहा जिल्लाको पत्रकारिताको धार परिवर्तनको पक्षमा भएपनि आपसी खिचातानीले सङगठित रुपमा आवाज उठ्न सकिरहेको छैन । यसको लागि निर्वाचनमा जित निकालेका र पराजित भएकाहरु सबै मिलेर अघि बढौं । सिरहाको पत्रकारिताको उचाइ बढाउने जिम्मेबारी हामी सबैको हो’,उहाँले भन्नुभयो ।

सिरहा शाखाका लागि दोस्रो कार्यकालको लागि निर्वाचित अध्यक्ष मनोज कुमार बनैताले पहिलो कार्यकालमा भए गरेका कमि कमजोरीहरुबाट पाठ सिकेर सबैलाई साथै लिएर यस कार्यकालमा गतिलो काम गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो,‘सिरहामा पत्रकार महासङ्घको व्यवसिथत भवन र पत्रकारहरुको ज्ञान सिपमा बढोत्तरी गर्न महासङ्घ अघि बढ्नेछ । महाङ्घ भौतिक विकासभन्दा नैतिक र उत्तरदायित्व बोध हसुने गरी क्षमता विकासमा जोड दिइनेछ ।’

महिला पत्रकारहरुको संख्यामा बृद्धि गरी पत्रकारिता क्षेत्रलाई महिलामैत्री बनाउन महिला पत्रकार उच्पादनमा सक्रिय रहने महिला उपाध्यक्ष उषा कुमारी यादव र सह सचिव एलिना हिमाङग चौधरीले सङकल्प गर्नुभयो ।

सफलतापूर्वक चुनाव सम्पन्न गर्न निर्वाचन समितिका संयोजक महेन्द्र मण्डल, निर्वाचन अधिकृत मोहनकुमार महतो र अधिवक्ता बालकुमार गुप्ताले खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ताले गम्छा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा निर्वाचन समितिलाई नव निर्वाचित कार्य समितिले गम्छा ओढाएर सिरहा शाखाका अध्यक्ष मनोज कुमार बनैताले सम्मान गर्नु भएको थियो भने निर्वाचित पत्रकारहरुलाई निर्वाचन समितिका संयोजक महेन्द्र मण्डलले प्रमाणपत्र सहित गम्छा ओढाएर सम्मान गरेको थियो ।

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A