जीवछ उदासी
लहान,माघ ३० गते
लहान नगरपालिका –१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरका कक्षा ९ मा अध्धयनरात कृष्ण कुमार राम सरस्तवती पूजामा बस्न नपाएको पिडा पोखेकोछ ।
गएको माघ २१ गते सम्पन्न सरस्वती पूजामा आफू पूजामा बस्नको लागि गएको समयमा कक्षा ९ का शिवरण कुमारी साहलाई बसाएर आफूलाई बस्न नदिएको कृष्ण कुमार रामले विद्यालयमा यसै विषयमा समाचार सङकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई बताएको छ । सामजिक सञ्जालमा दलित भएकै कारणले सरस्वती पूजामा बस्न नपाएको विषय सार्वजानिक भएपछि सञ्चारकर्मीहरु विद्यालय पुगेको थियो ।
हरेक वर्ष कक्षा ९ मा पढ्ने प्रथम विधार्थी नै उपवास बसेर सरस्वती पूजामा बस्ने परम्परा अनुसार कृष्ण कुमार रामलाई नै पूजामा बस्ने अवसर जुटेको थियो तर दलित भएकै कारण आफूलाई पूजामा बस्न नदिएको विषयले मानसिक रुपमा पिडा भएको कृषण कुमार रामले सुनायो ।
सार्वजानिक स्थल विद्यालयमा गरिने सामुहिक सरस्वती पूजामा कृष्ण कुमार रामलाई सरस्वती पूजामा किन बस्ने अवसरबाट बञ्चित गराउनु भएको जिज्ञासा विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवसँग राख्दा जवाफमा उहाँले भन्नुभयो,‘विद्यालयका प्रशासनिक कार्यमा व्यस्त रहेकोले सरस्वती पूजा गराउने समिति आफू प्रधानाध्यापकको पद सम्हाल्नुभन्दा अगावै बनिसकेको थियो । मैले खासै यस विषयमा ध्यान दिन सकिनँ । सामाजिक सञ्जालमा यस विषयमा खवरहरु आइरहेको देखेपछि विद्यालयमा छानविन गर्न लागेका छौ ।’
सरस्वती पूजा समितिका संयोजक शिक्षक योगेन्द्र यादवका अनुसार पूजाभन्दा एक दिन अगावै पूजामा बस्न कृष्ण कुमा।र रामलाई भनेको थिए । पूजाको समयमा कृष्ण नआउनु पण्डित माधव झालाई अन्य ठाउँमा पनि पूजा गराउन जानुपर्ने हतार भएकोले कक्षा ९ कै शिवरण कुमारी साहलाई पूजामा बसाइ सकेपछि कृष्ण आएकोले पूजामा बस्ने अवसर गुमेको थियो ।
यस विषयमा शिक्षकहरुकै आगाडि कृष्ण कुमार रामलाई किन तोकिएको समयमा नआएको प्रश्नको जवाफमा भन्छ,‘होइन, म विद्यालय आएको समयमा दुई जना शिक्षकहरु मात्रै आउनु भएको थियो । त्यसपछि म घर फर्के । मलाई पूजामा बस्न विद्यालयबाट बोलाउँदा पूजा स्थल सरस्वती मन्दिर आगाडि जाँदा मसँगै पढ्ने शिवरण कुमारी साह पूजामा बस्ने लुगा लगा रहेकी थिइन । दलित भएकै कारण कसरी पूजामा बस्ने कानेखुसी पण्डित माधव झाले गरेपछि पूजामा बस्नबाट बञ्चित गराएको थियो ।’
जानी जानी दलित भएकै कारणले कृष्ण कुमार रामलाई पूजामा बस्न नदिएको विद्यालयका प्रशासन शिक्षक सबैको षडयन्त्र नै देखिएको दलित अभियानकर्मी सुर्य नारायण रामले बताउनुभयो । उहाँले भन्नुभयो,‘संविधानको मौलिक हक २४ मा सार्वजानि स्थलमा छुवाछूत गर्न नहुने गरेको पाएमा कानुनी कारवाही हुनुपर्ने प्रावधान रहेकोले न्यायको लागि कानुनी उपचारमा जानेछौं । विद्यालय जस्तो पवित्र स्थलमा शिक्षक पुरोहित र विद्यालय प्रशासनबाट भएको छुवाछूतको घटनाबाट गम्भीर भएका छौं । यस विद्यालयमा अध्ययन गर्ने ६० प्रतिशतभन्दा दलितकै बालबालिकाहरु अध्ययनरत रहेपनि दलित समुदायसँग गरिएको भेदभाव कसरी सहने ?’
सञ्चारकर्मीहरुसँगै उपस्थित रहेका मानव अधिकारवादी राजकुमार राउतले २००४ सालमा स्थापना भएको श्री बस्तीपुर माध्यमिक विद्यालय कुनैबेला देशकै गौरव गर्ने शैक्षिक इतिहास बोकेको यस विद्यालयमा केहि दिन अगाडि लहान टाइम्सका पत्रकार शितल साह खाजामा भइरहेको अनियमितता र कमजोरीबारे सामाचार सङकलन गर्न जाँदा दुव्र्यवहार गरेको र दलित भएकै कारण सरस्वती पूजामा बस्न नदिएको घट्नाले मानव अधिकारसँग जोडिएको यस घट्नाको छानबिन गरी दोषीमाथि कारवाही हुनुपर्ने माग गर्नुभयो ।
यस घट्नालाई दबाउन विभिन्न खालको राजनीतिक दाउपेच सुरु भइ पीडित विधार्थीलाई मानसिक तनाव दिइने कार्य मात्रै होइन, सहि सत्य बोल्न विद्यालयका शिक्षकहरुमाथि समेत दबाब सृजना भइरहेको स्थानीय दलित समुदायहरुले बताइएका छन् । यसको सत्यतथ्य छानविन गरी दोषी देखिने जोकोहिमाथि कार।वाही हुनुपर्ने आवाज पनि गुञ्जिन थालेको छ । यसघट्नालाई ओझेलकमा पार्न र देषीहरुउपर कुनै कारवाही नहोसत्यसको लागि स्थानीय सरकारको बोलीमा लोली मात्रै मिलाउने शिक्षक नेताहरुको दौडधुप भइरहेको स्थानीय दलित अगुवाहरुले बताउनु भएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A