‘जिम्मेबार पत्रकारिता आजको आवश्यक्ता’

  • फागुन ५, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी

लहान ५ गते । समाजका विभिन्न क्षेत्रको सत्यतथ्य बाहिर ल्याउन जिम्मेबार पत्रकारिता आवश्यक रहेको सरोकारवालाहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।

फागुन ७ गते ६४ औं वर्षमा प्रवेश गर्ने अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले देश्व्यापी रुपमा मनाउने लागेको वार्षिकोत्सव कार्यक्रम अन्र्तगत सिरहाको लहानमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले समाचारको विश्वसनीयताको लागि पत्रकारिता क्षेत्रलाई जिम्मेबार बन्न आवश्यक रहेको समयमा राष्ट्रिय समाचार समिति सिरहाले जिम्मेबार पत्रकारिता र राससको भूमिका विषयक अन्तरक्रिया सामयिक रहेका बताउनुभयो । उहाँले भन्नुभयो,‘सहि सुचना सम्प्रेषण नहुँदा भ्रम सिर्जना भएर न्याय नपाएको अवस्था रहेको छ । जिम्मेबार पत्रकारिताको लागि प्राप्त गरेको सूचनालाई परीक्षण गरी मात्रै समाचार बनाउन आवश्यक छ । सत्यतथ्य बाहिर नआउँदा पीडित पक्षले न्याय पाउन सक्दैंन ।’

राजनीति दलहरु र जनप्रतिनिधिहरुभन्दा बढी विश्वास पत्रकारहरुबाट समाजले राख्ने गरेको उहाँले भन्दै पत्रकारिता क्षेत्रले आफ्नो सााँख खस्ने गरी काम नगर्न आग्रह गर्नुभयो । पत्रकारको अवस्था राजनीति परिवर्तनपछि जसरी सुधार हुनुपर्ने र पत्रकारहरु पत्रकारिताबाटै जीवन चलाउन सकिने गरी राज्यले ध्यान नदिएको महसुस सर्वत्र भइरहेको प्रदेशसभा सदस्य गुप्ताले प्रष्टयाउनुभयो ।‘राष्ट्रिय समाचार समित (रासस) को भूमिका सन्तोषजनक नै भएपनि खोजमूलक समाचारको लागि अझै मेहनेत गनुपर्नेछ,’उहाँले भन्नुभयो ।

लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राष्ट्रिय समिति लहानको भवन मर्मत र सौन्दर्यकरणको लागि पाँच लाख रकम उपलब्ध गराउन लागेको सार्वजानिक गर्नुभयो । उहाँले थप्नुभयो,‘पत्रकारलाई सहिसत्य समाचार ल्याउन सरोकारवालाहरुलाई नसोधी मनग्रन्थे खवर सार्वजानिक गरेर जनप्रतिनिधिहरुलाई बदनाम गर्ने कार्य नगर्न जिम्मेबार हुन आवश्यक देखिएको छ ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले प्रहरीको भनाई नै नराखी सम्प्रेषित भइरहेको समाचारहरुले प्रहरीको मनोवल कमजोर भइरहेको बताउनुभयो ।‘सिरहामा सबैभधन्दा छिटो र व्यवस्थित तरिकाले सूचना दिइने काम जिल्ला प्रहरीले दिएपनि प्रहरीप्रतिको नाकारात्मक सोचले जिम्मेबार पत्रकारिताप्रति प्रश्न खडा भएकै हो । भ्रमपूर्ण समाचारले उत्पन्न गरेको भ्रम चिर्न निकै समय लाग्ने गरेको हाम्रो अनुभव छ ।’

केहि दिन अगाडि आफूलाई हत्या गर्ने र सुन चाँदीको पसलमा लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरीले खेलेको भूमिका र पत्रकार जगतबाट भएको सहयोगले ठूलो राहत मिलेको जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडाले भन्दै सिरहामा जिम्मेबार पत्रकारिता भइरहेको अनुभव गरेको प्रष्टयाउनुभयो ।

वरिष्ट पत्रकार अर्जुन थपलिया, गोरखापत्र लहान समाचारदाता जीवछ यादव,नेपाल पत्रकार महासंघ सिरहा शाखा उपाध्यक्ष रोयाण्टर मण्डल नेपाल टेलिभिजनका पत्रकार हिरालाल चौधरी र वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ताले सत्यतथ्य समाचार लेखनको लागि पत्रकारहरु जिम्मेबार रहेपनि समयमा सूचना नदिई पछि गुनासो गर्ने प्रवृति पनि उचित नभएको बताउनुभयो ।

मानव अधिकारवादी राजकुमार राउतले परिर्वतको पक्षमा हिम्मत गररिएका सञ्चार क्षेत्रलाईआत्मनिर्भर बनाउन सके अझै जिम्मेबार हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सिरहाका तीन दर्जनभन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A