विद्युत प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु, स्थानीयद्वारा चक्का जाम

  • चैत २, २०८१
  • समृद्धिपथ
alt

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३, ढुंगाना टोलका २७ वर्षीय हेम खड्काको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार, खड्काको घर अगाडि रहेको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाका प्रत्यक्षदर्शी स्थानीय बिनोद मण्डलले भने, "खड्का चिच्याउँदै लडे पनि नेपाल विद्युत प्राधिकरण लाहानले लामो समयसम्म लाइन नकटेकाले तत्काल उद्दार हुन सकेन। यदि समयमै लाइन काटिएको भए उनलाई बचाउन सकिन्थ्यो।"

मृतक खड्का ट्यांकर चालक थिए। केही वर्षअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी पाँच वर्षीया छोरीसँग बस्दै आएका थिए। उनको निधनपछि छोरी विचल्लीमा परेको परिवारजनले बताएका छन्।

स्थानीयवासीहरूले नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई लापरवाहीको आरोप लगाउँदै कमसल तार प्रयोग गरिएकाले पटक–पटक यस्ता घटना दोहोरिएको बताएका छन्। "यसअघि पनि तार चुँडिएर साना दुर्घटना भएका थिए, तर प्राधिकरणले बेवास्ता गरिरहेको छ," एक स्थानीयले गुनासो गरे।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A