सिरहाका प्रमुख जिल्ला अधिकारी दहाल फिर्ता, अर्याललाई जिम्मेवारी

  • चैत ८, २०८१
  • समृद्धिपथ
alt

सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव दहाललाई असक्षम ठहर गर्दै गृह मन्त्रालयले फिर्ता बोलाएको छ। गृह श्रोतका अनुसार, उनको कार्यकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी मौलाएको, एसईई परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न नसकिएको तथा दलित समुदायमाथि भएका अत्याचारप्रति प्रशासन मुकदर्शक बनेको मूल्याङ्कन गरिएको छ।

विशेषगरी, सिरहाको औरही-५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ गरिएका घटनामा प्रजिअ दहालले उत्पीडक पक्षलाई जोगाउन भूमिका खेलेको आरोप लागेको थियो। यस घटनापछि गृह मन्त्रालयले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

दहालको कार्यकालमा ग्राभेल तस्करी, भन्सार तस्करी, गाँजा तस्करी, नागरिकता बिक्रीजस्ता गैरकानूनी गतिविधि संस्थागत रूपमा बढेको समाचार विभिन्न सञ्चार माध्यममा पटक–पटक प्रकाशित भएका थिए। विशेष गरी, कमजोर वर्ग र दलित समुदायप्रति उनको प्रशासनीक शैली उपेक्षापूर्ण रहेको आरोप स्थानीय दलित अगुवाहरूले लगाएका छन्।

उनको स्थानमा हाल कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी रहेका विश्व प्रकाश अर्याललाई सिरहा पठाउने निर्णय भएको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A