हुलाक कार्यालयको नियुक्ति प्रक्रियाविरुद्ध एमालेको विरोध

  • चैत १२, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिरहाले जिल्ला हुलाक कार्यालयको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको छ।

एमाले नगर कमिटी सिरहाका अध्यक्ष दिपक यादवको नेतृत्वमा एक टोलीले जिल्ला हुलाक कार्यालय सिराहालाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब नियुक्ति प्रक्रिया बदर गर्न माग गरेको हो।  

ज्ञापन पत्रमा भनिएको छ कि हुलाक कार्यालयले हालै पदपूर्तिका लागि गरेको नियुक्ति प्रक्रियामा अनियमितता भएको छ। पार्टीका अनुसार योग्य र हकदार उम्मेदवारलाई बेवास्ता गर्दै पहुँच र प्रभावका आधारमा नियुक्ति गरिएको छ।  

एमाले जिल्ला कमिटीले २४ घण्टाभित्र नियुक्ति प्रक्रिया बदर गरी योग्य उम्मेदवारलाई छनोट गर्न आग्रह गरेको छ। माग पूरा नभए कडा विरोधका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।  

यस घटनाको जानकारी जिल्ला प्रशासन कार्यालय सिरहा र हुलाक सेवा विभाग, बबरमहल काठमाडौंलाई पनि दिइएको छ।  स्थानीय स्तरमा यस विषयमा विभिन्न प्रतिक्रिया आइरहेका छन् भने, हुलाक कार्यालयले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

FB_IMG_1742889185768

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A