श्रद्धालु भक्तजनलाई नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा निःशुल्क चिसो पानी वितरण

  • वैशाख २९, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, वैशाख २९ गते । लहान नगरपालिका–१५ स्थित ढोढनामा रहेको ऐतिहासिक राजदेवी पञ्चावती मन्दिर परिसरमा सोमबार लागेको मेलामा श्रद्धालु भक्तजनका लागि नेपाल मुस्लिम इत्तेहाद संगठन, लहान नगर कमिटीले निःशुल्क चिसो पानी वितरण गरेको छ।

मेलामा दर्शन तथा भाकल चढाउन आएका भक्तजनलाई लक्षित गरी संगठनले चिसो पानी वितरणको कार्यक्रम आयोजना गरेको हो। संगठनका अनुसार, नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकता सुदृढ गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुनेछन्।

नेपाल मुस्लिम इत्तेहाद संगठनका नव निर्वाचित केन्द्रीय अध्यक्ष हारुण हल्वाईद्वारा घोषित “हाम्रो संगठनले मुस्लिम समुदायलाई मात्रै होइन, सम्पूर्ण नेपाली समाजबीच धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बढाउने काम गर्नेछ” भन्ने घोषणालाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संगठनका केन्द्रीय सदस्य इस्राइल सिद्दिकीले जानकारी दिए।

सिद्दिकीले भने, “हामीले मेलामा आउने ब्रतालु र श्रद्धालुहरुलाई निःशुल्क चिसो पानी वितरण गरेर धार्मिक सहिष्णुता र भाईचारा प्रस्तुत गरेका छौं। यस्तो पहल आगामी दिनहरूमा पनि निरन्तर जारी राखिनेछ।” यस किसिमको कार्यले विविध धार्मिक समुदायबीच पारस्परिक सम्मान र समझदारी बढाउने विश्वास व्यक्त गरेको छ।

P2 P3 P5 P4

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A