३१ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

  • जेठ ६, २०८२
  • समृद्धिपथ
alt

सिरहा, २०८२ जेठ ६ गते । सिराहा प्रहरीले एक पशुपालन तथा कृषि फार्मबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले शंकास्पद गतिविधिको सूचनाका आधारमा नरहा गाउँपालिका–१ स्थित फार्ममा छापा मार्दा सो फार्मबाट ३१ किलो ८२० ग्राम गाँजा बरामद भएको हो।

प्रहरीका अनुसार, गत आईतबार राति साढे ११ बजे शिद्धीक्षा पशुपालन तथा कृषी फर्ममा गाँजा बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा टोली खटिएको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा फार्ममा खानतलासी गर्दा दुई वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फेला परेको हो। एक बोरामा १७.१५७ किलोग्राम र अर्कोमा १४.६६३ किलोग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।

IMG_20250519_121531

यस घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा फार्मका सञ्चालक नरहा–१ निवासी ३५ वर्षीय संजय दास, त्यही वडाका ३१ वर्षीय रामशरण दास र बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ का धिरज महतो रहेका छन्। धिरज महतो संजय दासको निजी गाडी चालकका रूपमा काम गर्दै आएका थिए।

प्रहरीले घटनास्थलबाट चार थान मोबाइल र गाँजाका बोरा सिलाउने मेसिन समेत बरामद गरेको छ। पक्राउ परेकाहरूलाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक धर्मेश कुमार यादवले जानकारी दिए। प्रहरीले लागू औषध कारोबार विरुद्धको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने जनाएको छ।

IMG_20250519_121514

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A