भगवानपुर–२ गमहरियामा स्वास्थ्य चौकी भवनको शिलान्यास

  • जेठ १४, २०८२
  • समृद्धिपथ
alt

सिराहा । सिरहाको भगवानपुर गाउँपालिका–२, गमहरियामा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ।

एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले उक्त भवनको शिलान्यास गरेको हो।

शिलान्यास समारोहमा बोल्दै अध्यक्ष यादवले हरेक नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकीको निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिए। ‘गाउँवासीलाई आधारभूत स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष यादवले भने, ‘स्वास्थ्य पहुँच नागरिकको मौलिक अधिकार हो, यसलाई सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ।’
गाउँपालिका स्रोतका अनुसार भवन निर्माण कार्य छिट्टै सुरु भई तोकिएको समयसीमाभित्र सम्पन्न गरिनेछ। स्थानीयवासीले स्वास्थ्य सेवा नजिकै पाउने भएपछि खुसी व्यक्त गरेका छन्।

यस अवसरमा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय नागरिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य चौकी भवनको निर्माणले गमहरियाका साथै आसपासका बासिन्दाहरूलाई समयमै उपचार तथा प्राथमिक स्वास्थ्य सेवा पाउने अवसर जुटाउने विश्वास गरिएको छ।

bhgwanpur

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A