सुनचाँदीमा लगाइएको विलासिता कर खारेजको माग गर्दै लहानका व्यवसायीहरू आन्दोलित

  • जेठ २९, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, जेठ २९ गते । सरकारद्वारा सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै लहानका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा विहीबार लहानमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएका हुन्।

व्यवसायीहरूका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी गहनामा गरिएको कर वृद्धि व्यवसायमै संकट निम्त्याउने खालको रहेको छ। सरकारको निर्णयविरुद्ध आज र भोलि देशभरका सम्पूर्ण सुनचाँदी पसल बन्द रहने संघले जनाएको छ।

लहान सुनचाँदी व्यवसायी संघ लहानका अध्यक्ष नन्दकिशोर गुप्तासहित प्रतिनिधिमण्डलले इलाका प्रशासन कार्यालय लहानमार्फत ज्ञापनपत्र बुझाउँदै बजेटको कर व्यवस्था खारेज गर्न माग गरेका हुन्। प्रदर्शनमा सहभागी व्यवसायीहरूले विलासिता कर खारेज गर, बहुमूल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार शुल्क ६ प्रतिशत कायम गर, व्यवसायीमैत्री नीतिनियम बनाऊ जस्ता नारा सहित प्रदर्शन गरेका थिए।

लहान सुनचाँदी व्यवसायी संघ लहानका पूर्व महासचिव बसन्त साहका अनुसार सरकारको बजेटले सुनचाँदी व्यवसायमा प्रत्यक्ष असर पार्ने देखिएको छ। उनले भने– सुनका गहनामा प्रयोग हुने हिरा र अन्य बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय तुरुन्त खारेज हुनुपर्छ। व्यवसायीलाई धराशायी बनाउने खालको कर संरचना स्वीकार्य हुँदैन।

पूर्व महासचिव साहका अनुसार सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति, कार्यविधि र कानुन नहुनु, करका संरचना व्यवसायविपरीत हुनु र कालिगढ तथा उपभोक्तामैत्री ऐन अभावले व्यवसाय निरन्तर जोखिममा पर्न थालेको छ। उनीहरूले सरकारलाई जनभावना बुझेर पुनर्विचार गर्न आग्रह गरेका छन्।

सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुनचाँदी गहनालाई विलासिता वस्तु मानेर २ प्रतिशत अतिरिक्त करको व्यवस्था गरेको छ, जसको देशभर चर्को विरोध भइरहेको छ। सिरहा, गोलबजार, लहानलगायतका स्थानमा आन्दोलन चर्कंदै गए पनि सरकारले हालसम्म त्यसबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

506467765_687044430860232_7273173641380978780_n

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A