भायानेटको स्वतन्त्र संचालकमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

  • साउन १९, २०८२
  • समृद्धिपथ
alt

काठमाडौँ । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकको रूपमा नियुक्त गरेको छ। बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव भएका क्षेत्रीको नियुक्तिबाट कम्पनीको भविष्यमा दीर्घकालीन सशक्तिकरणमा टेवा पुग्ने भायानेटले विश्वास व्यक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार क्षेत्रीलाई स्वतन्त्र संचालकमा मनोनीत गरिएको हो। सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो बैंकिङ करिअर सुरु गरेका क्षेत्रीले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बैंक अफ एशियामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

क्षेत्रीले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेका थिए। ग्लोबल आइएमई बैंकबाट उनले सन् २०२० मा अवकास लिएका थिए।

भायानेटले क्षेत्रीको नियुक्तिबाट कम्पनीको नीति निर्माण, रणनीतिक योजना तथा सुशासन प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, “क्षेत्रीको तीन दशकभन्दा बढी समयको नेतृत्व, व्यवस्थापन र वित्तीय क्षेत्रको अनुभवले भायानेटलाई अझ सशक्त र दिगो विकासतर्फ लैजान मद्दत पुग्नेछ।”

भायानेट हाल देशभर उच्चगतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले पछिल्लो समय सेवा विस्तार र गुणस्तरमा सुधार ल्याउँदै उपभोक्तामैत्री प्रविधिमा लगानी गर्दै आएको छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A