भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर

  • भदौ ३, २०८२
  • समृद्धिपथ
alt

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजना गर्ने प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ।

प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फार्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्ससहित कुल २० कर्पोरेट टिम सहभागी हुनेछन्।

भायानेट घरायसी प्रयोजनका लागि मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनीले होटल, हस्पिटालिटी, बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शैक्षिक संस्थासँग कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ। यसै सन्दर्भमा कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरशिपलाई कम्पनीले कर्पोरेट साझेदारसँगको सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिएको छ।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने, “भायानेट आज घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनिसकेको छ। हामी इन्टरप्राइज इन्टरनेट कनेक्टिभिटीसँगै आइटी सोलुसन प्रदान गर्दै ‘Beyond Connectivity’ दृष्टिकोणले अघि बढिरहेका छौँ। कर्पोरेट क्रिकेट लिगमार्फत हाम्रा प्रमुख पार्टनरहरू: बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शिक्षण क्षेत्रसँग अझ नजिक हुने अपेक्षा राखेका छौँ। खेलकुदले सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ, यही हाम्रो मुख्य उद्देश्य हो।”

भायानेटको टाइटल स्पोन्सरशिपले प्रतियोगितामा सहभागी कर्पोरेट टिमहरूको उत्साह र खेलकुदप्रतिको रुचि बढाउने विश्वास व्यक्त गरिएको छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A