राहत शिक्षकलाई करारको म्याद थप्ने कार्य सहय छैन : उपाध्यक्ष काम्ती

  • भदौ १६, २०८२
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान भदौ १६ गते 

नेपाल राहत शिक्षक समितिका केन्द्रिय उपाध्यक्ष शिब शङकर काम्तीले राहत शिक्षकको करार म्याद थप्ने कार्य स्वीकार्य नभएको बताउनु भयो । 

गएको शनिबार नेपाल राहत शिक्षक समितिले राहत शिक्षकको समस्यामा प्रधानाध्यापकहरुको सहयोग विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको थियो । 

राहत शिक्षक दरबन्दीमा नै नरहेकोले अस्थायी प्रकृतिको शिक्षक जस्तै ६ / ६ महिनामा करार म्याद थप्नुपर्ने पालिकामा रहेको शिक्षा शाखाहरुले दुख दिइने र मानसिक तनाव थप्ने कार्य बन्द गर्न उहाँले आग्रह र चेतावनी दुबै दिनुभयो । उहाँले भन्नुभयो,' नयाँ शिक्षा ऐन आएपछि सबै कुरा प्रष्ट हुनेछ । अहिले कर्जन्हा नगरपालिकाले म्याद थप्ने सुचना गरेको छ । निर्णय फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने छौ । ' 

राहत शिक्षकले आउन लागेको शिक्षा ऐनमा पेसाको निरन्तरता,सामाजिक सुरक्षामा आवद्धता र उमेरको हद हटाउनुपर्ने माग शिक्षक महासंघले उठाए साथ रहने,नउठाए राहत शिक्षक बालविकास र विद्यालय कर्मचारी मिलेर आन्दोलनमा उत्रिने प्रष्ट्याउनु भयो । 

 कार्यक्रममा नेपाल राहत शिक्षक मधेश प्रदेशको अध्यक्ष गङ्गा प्रसाद यादव सिरहा अध्यक्ष किसुन देव यादवले राहत बालविकास र विद्यालय कर्मचारी एलर्ट अवस्थामा रहन आन्दोलनको साइरन बजेपछि मरता तो क्या नहि करताको पथमा अघि बढेर आन्दोलनमा उत्रिने तर्क गर्नुभयो । 

राहत बालबिकास र विद्यालय कर्मचारीले उठाएको न्यायिक मागमा सधै साथ रहने शिक्षक फोरमका ओम प्रकाश महतो,शिक्षक संघ लहानका सचिव दिलिप चौधरी,नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका अध्यक्ष बद्री नारायण चौधरी प्रधानाध्यापकहरु क्रमश: उधव हमाल ,देवेन्द्र प्रसाद यादव,शिव शङकर महतो,राम चतुर महतो,प्रमोद कुमार यादव,रमाकान्त चौधरी सन्तोष गुप्ता लगायतकाले सहयोग र साथ दिइने प्रतिवद्धता जनाउनु भएको थियो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A