जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने दुई पक्राउ

  • भदौ ३०, २०८२
  • समृद्धिपथ
alt

जनकपुरधाम । जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेज विश्लेषण गरी सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लुटिएको एसएलआर राइफल फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार भदौ २४ गते बेलुका करिब ७ बजे मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। घटनामा सुरक्षामा खटिएका प्रहरीको एसएलआर राइफल एक थान र त्यसको ५० राउन्ड गोली लुटपाटमा गई गएको थियो।

प्रहरीले अब पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरीले अघि बढाएको छ। घटना सार्वजनिक भएपछि सुरक्षाकर्मी र स्थानीय प्रशासन सतर्क भएका छन्।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A