पाकिस्तानलाई पराजित गर्दै भारत नवौँ पटक एशिया कप च्याम्पियन

  • असोज १३, २०८२
  • समृद्धिपथ
alt

दुबई। भारतले एशिया कप क्रिकेटको उपाधि नवौँ पटक जितेको छ। आइतबार राति दुबई क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। भारतका तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रनको पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

बलिङतर्फ पाकिस्तानका फहिक असरफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान १–१ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तान १९.१ ओभरमै १४६ रनमा अलआउट भएको थियो। पाकिस्तानका जाहिबजादा फरानले ५७ रन र फखर जमानले ४६ रनको योगदान दिए।

भारतका लागि कुलदिप यादव सर्वाधिक प्रभावकारी बने। उनले ४ विकेट हात पार्दै पाकिस्तानलाई दबाबमा पारे। त्यसैगरी जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट लिए।यस जितसँगै भारतले एशिया कपको उपाधि नवौँ पटक आफ्नो नाममा गरेको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A