लहानमा शौचालय निर्माणको लागि जनचेतना जगाउन सडक नाटक

  • असार २७, २०८३
  • समृद्धिपथ
alt

लहानमा शौचालय निर्माणको लागि सडक नाटक 

जीवछ उदासी 

लहान,असार २७ गते 

लहान नगरपालिकामा शौचालय निर्माणको लागि सडक नाटक गरेर जनचेतना फैलाउने कार्य सुरु गरेको छ । 

लहान नगरपालिका २०७४ सालमा नै खुला दिसामुक्त घोषणा। भएपनि अहिले चार हजार २०१ घरमा शौचालय नरहेकोले पुन: खुला दिसामुक्त नगरपालिका घोषणा गर्न लहान नगरपालिका र वाटरएड अन्तर्गतको चिकन परियोजना र दलित जनकल्याण शौचालय निर्माणको लागि विभिन्न रणनीतिक योजना अन्तर्गत दलित विपन्न समुदायमा शौचालय निर्माण र स्वच्छता सम्बन्धी जन जागरणको लागि सडक नाटकलाई समेत प्रथमिकता दिइएको छ । 

विकन परियोजनाका प्रमेश्वर झा र राजेश लोहनीको अनुसार लहान नगरपालिकाको दलित विपन्नमा मुसहर समुदायको बस्तीमा शौचालय निर्माण र निर्माण भएको शौचालयको परिचालन अभ्यास चुनौती रहेकोले गीत नाटक लेख रचना र अभिमुखीकरण लगायतका जनचेतनाका कार्यक्रमहरु अघि बढाएका छौ । 

लहान नगरपालिकाको मुसहर समुदायहरु ९९ प्रतिशत नै सुकुम्वासी रहेकोले व्यवस्थित बस्ती निर्माण सुकुम्वासी समस्या समाधधान नगरेसम्म चुनौती रहेको दलित अभियानकर्मीहरुको भनाइ रहेको छ । दलित अभियानकर्मी सोनिया सदाय भन्नुहुन्छ," वर्षातको समयमा घरमा नै सर्प र पोखरीको पानी पस्ने अवस्था छ । बस्ने घर बनाउन त जग्गा छैन शौचालय कहाँ बनाउने ? लहान -१ र २ नम्वर वडाका मुसहर बस्ती व्यवस्थापन गर्न सुरक्षित आवास र शौचालय बनाइ दिनुपर्ने हाम्रो माग छ ।" 

यता लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले मुसहर समुदायको सुरक्षित आवास निर्माण कार्य चलिरहेको बताउनुभयो। "अहिलेसम्म लहान नगरपालिका वडा नम्बर १२,१३ र १५ नम्वरमा एक सयभन्दा बढी शौचालय सहितको घर निर्माण गरि सकेका छौ," उहाँले भन्नुभयो ।  

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A