गणेश यादवको दाह संस्कार हिन्दु परम्परा अनुसार गरियो

  • साउन १७, २०८३
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,साउन १७ गते 

सिरहाको गोलबजारमा गएको बुधवार साउन १४ गते भएको झडपमा गोली लागेर मृत्यु भएको औरही गाउँपालिका वडा नम्वर -२ तुलसीपुरका गणेश यादवको शव परिवारजनले बुझेर गागन नदीमा हिजो शनिवार साँझ हिन्दु परम्परा अनुसार दाह संस्कार गरेको छ । 

हिजो शुक्रवार गृहमन्त्री सुधन गुरुङग मृतक यादबको घर पुगेर सात बुँदे लिखित सम्झौता गरेपछि मृतक गणेश यादवको पिता रामवृक्ष यादव शव बुझेर अन्तिम संस्कार गर्ने सहमति अनुसार आज शनिवार साँझ गागन खोलामा दाह संस्कार गरिएको थियो । 

गणेश यादवको दाह संस्कारमा सहभागी हुन १२ बजेदेखेखि नै स्थानीयहरुको भीड लागेको थियो । पोष्टमार्टमको सवै प्रक्रिया पुर्याएर ५ बजेतिर हेलिकप्टरमा आएको शवलाई परिक्रमा गरेर दाह संस्कार गरिएको थियो । 

दुई वर्षदेखि डेरा लिएर गोलबजारमा गणेश माउन्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत थिए । साउन १४ गते गोलबजारमा नेपाल हिन्दु सम्राटले गरेको आन्दोलनको हेर्न गएको गणेशलाई घाटीमा गोली लागेर मृत्यु भएको थियो ।

 गणेशको पिता राम वृक्ष यादव आमा कबिता यादवले घर आउनु भएको गृहमन्त्री गुरुङगसँग राख्नु भएको माग पुरा गर्न मन्त्रीले सहमति जनाएर सातबुँदे लिखित सम्झौता भएको थियो । सम्झौतामा मृतक गणेश यादवलाई सहिद घोषणा गर्ने र दस लाख नगद उपलब्ध गराउने,भाइ वहिनीलाई निशुल्क पढाउने,आमा र बुबालाई निशुल्क उपचार गराउने,गाउँपालिकासँग सहमति गरेर स्मृति पार्क बनाउने,गोललवजारमा गोली चलाएको विषयमा छानविन गरी दोषीलाई कारवाही गर्ने र आजै शनिवार परिवारजनले शव बुझेर दाह संस्कार गर्ने सम्झौता पत्रमा गणेशको पिता राम वृक्ष यादव र गृहमन्त्री सुधन गुरुङगले हस्ताक्षर गर्नु भएको थियो । मृतक पीडित परिवारसँग भएको सम्झौता गराउन सिरहा -१ का सांसद बब्लु गुप्ता ,सिरहा -२ का सांसद शिव यादव सिरहा -३ का सांसद डा शम्भु यादव र समानुपातिक सांसद पुरुषोतम यादवको समेत उपस्थिति रहेको थियो । 

 

लहानमा एमालेको ‘मिसन ...

फिरोज सिद्दिकी  लहान । नेकपा (एमाले) ले सञ्चालन ग ...

प्रविधियुक्त र जस्ता ...

    जीवछ उदासी लहान,भदौ ३० गते  सिरह ...

शिक्षामन्त्री सस्मित ...

सिरहा । विद्यार्थीको सिकाइ र शिक्षाको गुणस्तर सुधारका ल ...

रसुवाका बाढीपीडितका ...

फिरोज सिद्दिकी धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका&n ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A