राजनीति

    Showing १-१० of ४९१ items.
  • 'हामी आउँदैछौ' रास्वपाको अभियान लहानमा सम्पन्न

      जीवछ उदासी  लहान,असोज २२ गते  स्थानीय चुनावको तयारी र संगठनात्मक संरचना सुधारको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सञ्चालन गरिरहेको 'हामी आउँदैछौ' अभियान सिरहाको लहानमा सम्पन्न भएको छ ।  अभियानको प्रमुख अतिथि रास्वपा सांसद राजेश कुमार चौधरीले सम्बोधन गर्नुभयो । सम्बोधनको क्रममा सांसद चौधरीले स्थानीय चुनाव लक्षित यो अभियानले संगठनमा उर्जा भर्ने र स्थानीय चुनावको लागि पार्टीले गठन गरिएको क्यान्डिडेइट क्लवबारे प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो,' पार्टीले योगदान इमानदारी र पार्टीको जग मजबुत गर्नुको साथै स्थानीय तहको सरकार सञ्चालन गरेर जनतालाई सुशासन र विकासको प्रत

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ५१२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगर कमिटीद्वारा संविधान दिवसमा दीप प्रज्वलन

    लहान, असोज ३ गते । नेकपा (एमाले) लहान नगर कमिटीले १२औँ संविधान दिवसको अवसरमा शनिबार लहानस्थित घण्टाघर अगाडि दीप प्रज्वलन कार्यक्रम गरेको छ। सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता, स्थानीय नागरिकलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले नेपालको संविधानको महत्व, संवैधानिक व्यवस्था र राष्ट्रिय एकताको भावनालाई स्मरण गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा वक्ताहरूले संविधानले सुनिश्चित गरेका नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। संविधान दिवसका अवसरमा देशका विभि

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ७२१ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ तीव्र, १८ वडामा भेला सम्पन्न

    फिरोज सिद्दिकी  लहान । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत लहान नगरपालिकामा संगठनात्मक गतिविधि तीव्र बनाएको छ। अभियानअन्तर्गत नगरका १८ वटा वडामा पार्टीका बैठक तथा भेला सम्पन्न भएका छन्। लहान नगरपालिका वडा नं. १, ४, ५, ६, ७, ९, ११, १२, १३, १५, १६, १७, १८, १९, २०, २१, २२ र २४ मा वडा कमिटीका बैठक तथा भेला सम्पन्न भएको एमालेले जनाएको हो। सम्बन्धित वडा कमिटीका अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न बैठक तथा भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं अभियानका लहान नगरपालिका इन्चार्ज मुनि साह सुडी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बैठक तथा भेलामा

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ६९५ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षामन्त्री सस्मित पोखरेल सुरक्षाकर्मीको सहयोगमा बाहिरिए

    सिरहा । विद्यार्थीको सिकाइ र शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रम निर्माण तथा परिमार्जनमा स्थानीय तह, शिक्षक र जनप्रतिनिधिको सुझाव लिन आयोजित कार्यक्रम नै विवादमा परिणत भएको छ । सिरहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला जनप्रतिनिधिबीचको असन्तुष्टि र विवाद चर्किएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादवपछि पुगेका मन्त्री पोखरेललाई सम्बोधनका लागि सीधै माइक दिइएपछि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले आपत्ति जनाएका थिए । कार्यक्रममा सहभागी अन्य शिक्षक तथा जनप्रतिनिधिले पनि आफूहरूल

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १०१ पटक पढिएको
    • समृद्धिपथ
  • एमालेको ‘मिसन जागरण अभियान’अन्तर्गत लाहान ९ मा वडा भेला

    फिरोज सिद्दिकी  लहान । नेकपा (एमाले) ले स्थानीय तहसम्म पार्टी संगठनलाई थप सक्रिय बनाउँदै सदस्यता नवीकरण तथा संगठन सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ‘मिसन जागरण अभियान’अन्तर्गत लहान नगरपालिका–९ मा कार्यकर्ता वडा भेला सम्पन्न भएको छ। नेकपा (एमाले) वडा नम्बर ९ का अध्यक्ष मोहम्मद नियामुद्दिन मियाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा जागरण अभियानका लहान नगर इन्चार्ज मुनी साह प्रमुख अतिथि रहेका थिए। भेलालाई सम्बोधन गर्दै साहले पार्टी संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउन जागरण अभियान सञ्चालन गरिएको बताए। उनले पार्टी सदस्यता नवीकरणसँगै कार्यकर्ता

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४२७ पटक पढिएको
    • समृद्धिपथ
  • गणेश यादवको दाह संस्कार हिन्दु परम्परा अनुसार गरियो

      जीवछ उदासी  लहान,साउन १७ गते  सिरहाको गोलबजारमा गएको बुधवार साउन १४ गते भएको झडपमा गोली लागेर मृत्यु भएको औरही गाउँपालिका वडा नम्वर -२ तुलसीपुरका गणेश यादवको शव परिवारजनले बुझेर गागन नदीमा हिजो शनिवार साँझ हिन्दु परम्परा अनुसार दाह संस्कार गरेको छ ।  हिजो शुक्रवार गृहमन्त्री सुधन गुरुङग मृतक यादबको घर पुगेर सात बुँदे लिखित सम्झौता गरेपछि मृतक गणेश यादवको पिता रामवृक्ष यादव शव बुझेर अन्तिम संस्कार गर्ने सहमति अनुसार आज शनिवार साँझ गागन खोलामा दाह संस्कार गरिएको थियो ।  गणेश यादवको दाह संस्कारमा सहभागी हुन १२ बजेदेखेखि नै स्थानीयहरुको भीड लागेको थियो । पोष्टमार्टम

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २,३८९ पटक पढिएको
    • समृद्धिपथ
  • बब्लु गुप्ता मतदाता भेट्न कार्यसूची बनाएरै वडा स्तरीय भेटघाटमा

    जीवछ उदासीलहान, साउन ७ गते सिरहा निर्वाचन क्षेत्र –१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता निर्वाचनको समयमा पटक पटक मतदाताको बिचमा आइरहने प्रतिवद्धता पुरा गर्न कार्य सूची बनाएर नै वडा स्तरीय भेटघाटमा व्यस्त रहनु भएको छ । प्रतिनिधिसभाको बैठक सकिए लगतै उहाँ आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्ने कार्यलाई निरन्तरा दिइरहने कार्यक्रम अन्तर्गत साउन १४ गतेसम्ममा सिरहा निर्वाचन क्षेत्र नम्वर १ को भेटघाटको कार्यसूचीच तयार गरिएको प्रतिनिधिसभा सदस्य गुप्ताको सचिवालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा पर्ने ४१ वटा वडाहरुमध्ये हिजो मङगलबारदेदि देखि भगवानपुर गाउँपालिकाको पाँच वटा वडा र आज लहा

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ५६९ पटक पढिएको
    • समृद्धिपथ
  • गणेश नेपालीको आत्मदाहपछि उठ्यो राजनीतिक र सामाजिक बहस, संसददेखि सडकसम्म न्यायको माग

    काठमाडौं । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको घटनाले देशभर राजनीतिक, सामाजिक र मनोवैज्ञानिक बहसलाई तीव्र बनाएको छ। संसददेखि सडकसम्म न्यायको माग उठिरहेका बेला सरकारको भूमिकामाथि प्रश्नसमेत उठ्न थालेका छन्। प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति उद्धृत गर्दै बिहीबार भएको घटनाप्रति सरकारको आधिकारिक धारणा स्पष्ट पार्न माग गरे। उनले विगतमा राज्यका कारण नागरिक आत्मदाह गर्न बाध्य भएको विषयमा प्रधानमन्त्रीले व्यक्त गरेका धारणा स्मरण गराउँदै अहिलेको घटनामा सरकारको जवाफदेहिता कहाँ छ भन्ने प्रश्न उठाए। यता, काठमाडौंको माइतीघर मण्डलामा गणेश नेपालीको मृ

    • प्रकाशित मितिः असार २७, २०८३
    • ३०९ पटक पढिएको
    • समृद्धिपथ
  • गणेश नेपालीको मृत्यु प्रकरणमा न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन

    काठमाडौं। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार काठमाडौंस्थित वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न नाराबाजी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। विरोध कार्यक्रममा मुगुका पूर्व दलित सभासदहरूका साथै चलचित्र निर्देशक मिनभान बाम समेत सहभागी भएका थिए। उनीहरूले घटनाको निष्पक्ष अनुसन्ध

    • प्रकाशित मितिः असार २७, २०८३
    • २८८ पटक पढिएको
    • समृद्धिपथ
  • सरकारी/सार्वजनिक जग्गा अतिक्रमण हटाउन सिरहाका १७ वटै पालिकालाई निर्देशन

    फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अतिक्रमण नियन्त्रण, विपद् व्यवस्थापन तथा जिल्लाको समग्र शान्ति सुरक्षासहित विविध विषयमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बिहीबार जिल्ला प्रशासन कार्यालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाका १७ वटै स्थानीय तहका नगर प्रमुख, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो। बैठकले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १२ गतेको बैठकबाट स्वीकृत शा

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • २३२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A