राजनीति

    Showing ५१-६० of ४९१ items.
  • लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमितताको विरोधमा एमालेद्वारा तालाबन्दी

    समृद्धिपथ दैनिक लहान, श्रवण ५ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विभिन्न शिर्षकमा भएको अनियमितता र मनपरी खर्चको विरोधमा नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीसहित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरूले आइतवार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले सूचनाको हक अन्तर्गत विभिन्न योजना, गतिविधि, गाडी भाडा, संचालन खर्च लगायतमा व्यापक दुरुपयोग भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। नेता तथा कार्यकर्ताहरूले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको ध्यानाकर्षण गराउँदै किसानहरूको ट्रान्सफर्मर जडान तथा खानेपानीको समस

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ७८४ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा राज्यकाे सेवा-सुविधा परित्याग, सक्रिय राजनीतिमा फर्किने तयारी

    काठमाडौं, असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि आफूले पाउँदै आएको राज्यको तर्फबाटको सेवा-सुविधा परित्याग गरेकी छिन्। नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने घोषणा गरेलगत्तै भण्डारीले यो कदम चालेकी हुन्। भण्डारीको सचिवालयबाट गृहमन्त्रालयमा पठाइएको सेवा परित्यागसम्बन्धी पत्र बुधबार दर्ता भएको छ। मन्त्रालयका अनुसार उक्त पत्र सम्बन्धित शाखामा पठाइसकिएको छ। पूर्वराष्ट्रपतिका रूपमा सरकारले उपलब्ध गराउँदै आएको सेवा-सुविधा त्याग्ने भण्डारी सम्भवतः पहिलो नेतृ हुन्। यसअघि प्रधानमन्त्री वा सभामुख बनेका नेताहरू पार्टी राजनीतिमा फर्किँदा पनि राज्य सुविधामा यथावत् बसेका उदाहरण छन्।

    • प्रकाशित मितिः असार १८, २०८२
    • ७७६ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरपालिकाले ८१ करोड ८९ लाखको बजेट सार्वजनिक, कृषि, शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता

    फिरोज सिद्दिकी १० असार, गोलबजार । गोलबजार नगरपालिकाको १३औं नगर अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख श्याम कुमार श्रेष्ठले बजेटले उत्पादनमुखी कृषि प्रणाली, सर्वसुलभ सेवा र समावेशी पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। नगरप्रमुख श्रेष्ठले भने, "यस वर्षको बजेट वातावरणमैत्री विकास, प्रविधिमैत्री योजनाहरू, लघु तथा घरेलु उद्योगको प्रवर्द्धन र स्थानीय सीपमा आधारित रोजगारी सिर्जनातर्फ लक्षित छ। हामी कृषि, शिक्षा र स्वास्थ्यलाई समृद्धिको मूल आधारका रूपमा अघि बढाउँदैछौं।" उनले सामाजिक न्याय,

    • प्रकाशित मितिः असार ११, २०८२
    • ९५४ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षामा लगानी बिना दिगो विकास सम्भव छैन : सांसद लिलानाथ श्रेष्ठ

    फिरोज जिद्दीकी १० असार, सिराहा । प्रतिनिधि सभा सदस्य, नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले शिक्षामा भरपुर लगानी बिना दिगो विकास सम्भव नरहेको बताएका छन्। गोलबजार नगरपालिकाको १३औं नगरसभा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार नआएसम्म विकासले उचित गति लिन नसक्ने स्पष्ट पारेका हुन्। श्रेष्ठले विकासलाई केवल सडक, भवन र भौतिक संरचना निर्माणसँग मात्र नजोड्न आग्रह गर्दै भने, "साँचो विकास त तब हुन्छ जब शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समान रूपमा लगानी हुन्छ।" उनले प्रदेशको शैक्षिक अवस्था कमजोर रहेको उल्लेख गर्दै कम्ती

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,०१० पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार नगरपालिकाले ८१ करोड ८९ लाखको बजेट ल्यायो

    फिरोज सिद्दिकी  १० असर, सिराहा । गोलबजार नगरपालिकाको १३औं नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को लागि कुल ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। नगर उपप्रमुख मान्ती साहद्वारा प्रस्तुत बजेट वक्तव्यमा समावेशी विकास, राजस्व वृद्धि र स्रोत परिचालनमा जोड दिइएको हो। नगरसभामा प्रस्तुत बजेट अनुसार चालू खर्चतर्फ १९ करोड ८४ लाख ८७ हजार, पुँजीगत खर्चतर्फ २८ करोड ४० लाख २ हजार र वित्तीय हस्तान्तरणतर्फ ३३ करोड ६५ लाख विनियोजन गरिएको छ। कुल बजेटमध्ये ११ करोड ८९ लाख ४७ हजार रुपैयाँ घाटा रहेको स्पष्ट गरिएको छ, जसको व्यवस्थापन पश्चात कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • ७५९ पटक पढिएको
    • समृद्धिपथ
  • अमेरिकाद्वारा इरान माथिको आक्रमणपछि मध्यपूर्वमा चर्कियो तनाव, इस्लामिक मुलुकहरूको कडा विरोध

    ८ असार, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार, अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू — फोर्दो, नतांज र इस्फहान — मा हवाई हमला गरेको पुष्टि गरेपछि सम्पूर्ण मध्यपूर्व क्षेत्रमा तनाव चुलिएको छ। अमेरिका–ईरान–इजरायलबीचको यस टकरावले अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा सन्तुलनमा गम्भीर असर पार्न सक्ने चिन्ता विश्वभर छाइरहेको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् भनेका छन्, "फोर्दो केन्द्रमाथि बमको एक भारी खेप खसालिएको छ र सबै अमेरिकी लडाकु विमानहरू सुरक्षितरूपमा फर्किएका छन्।" यो अमेरिकी हमलापछि इरानले तीव्र प्रतिक्रिया दिँदै यसलाई "संयु

    • प्रकाशित मितिः असार ८, २०८२
    • ८३२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरसभा विवादमा जसपा नेपाल आक्रोशित, छानबिनको माग

    फिरोज सिद्दिकी  ७ असार, लहान । जनता समाजवादी पार्टी (जसपा) नेपाल लहान नगर समितिले लहान नगरपालिकाको १६ औं नगरसभा बिना आवश्यक कानुनी प्रक्रिया सम्पन्न गरेको भन्दै कडा विरोध जनाएको छ। शनिबार जारी एक प्रेस विज्ञप्तिमा जसपा नेपालले नगरसभाको तयारीमा आवश्यक प्रक्रिया नअपनाइएको, उप-प्रमुखलाई अधिकारबाट वञ्चित गरिएको र पार्टीभित्रैका केही नेताले गलत प्रवृत्ति अपनाएको भन्दै गम्भीर आपत्ति जनाएको हो। नगर उप-प्रमुख राम चलितर महतो जसपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन्। पार्टीका अनुसार, संविधान र स्थानीय ऐनले उप-प्रमुखलाई दिएको अधिकारको सम्मान नगरी नगरसभा आयोजना गर्नु गैरकानुनी कार्य हो। विज

    • प्रकाशित मितिः असार ७, २०८२
    • ७४० पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको नीति तथा कार्यक्रमप्रति एमाले र माओवादी केन्द्रद्वारा कडा विरोध

    फिरोज सिद्दिकी  ७ असार, लहान । लहान नगरपालिकाको १६औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षी दल नेकपा (एमाले) र सत्तारूढ गठबन्धनकै घटक नेकपा (माओवादी केन्द्र) ले कडा आलोचना गरेका छन्। उनीहरूले प्रस्तुत नीति तथा कार्यक्रमलाई 'कुशासनको निरन्तरता बोकेको कर्मकाण्डी दस्तावेज' को संज्ञा दिँदै त्यसको घोर विरोध गरेका हुन्। नेकपा (एमाले) लहान नगर कमिटीका अध्यक्षद्वारा सार्वजनिक गरिएको वक्तव्यमा भनिएको छ, '१६औं नगरसभा २०८१ सम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र सेवा प्रवाह क्षेत्रमा देखिएका जनअविश्वास र नीतिगत समस्या तथा चुनौतीहरू समाधान गर्ने दिशामा कु

    • प्रकाशित मितिः असार ७, २०८२
    • ८८२ पटक पढिएको
    • समृद्धिपथ
  • किम जोङ उनको चेतावनी: ईरानमाथिको आक्रमण मानवताविरुद्धको अपराध, इजरायल मध्यपूर्वको क्यान्सर हो

    एजेन्सी ५ असर । ईरान र इजरायलबीच जारी युद्धले विश्वव्यापी तनाव बढाइरहेका बेला उत्तर कोरियाले इजरायललाई कडा शब्दमा आलोचना गरेको छ। उत्तर कोरियाले इजरायललाई 'मध्यपूर्वको शान्तिका लागि क्यान्सर' भन्दै उसको आक्रामक कार्यशैलीले विश्व शान्ति र सुरक्षामा खतरा उत्पन्न गराएको आरोप लगाएको हो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका प्रवक्ताले इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणहरूलाई मानवताविरुद्धको अपराध भन्दै कडा निन्दा गरेका छन्। कोरियाली सरकारी समाचार एजेन्सी KCNA का अनुसार बिहीबार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै इजरायली सैन्य आक्रमणबाट इरानी नागरिक, ऊर्जा र

    • प्रकाशित मितिः असार ५, २०८२
    • ६१६ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा उच्च प्राथमिकता

    १ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार मधेश प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्। बजेटमध्ये १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ चालू खर्चतर्फ र ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। यो वर्षको बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको देखिन्छ। स्रोत व्यवस्थापन यथापि चुनौतीपूर्ण बजेटका लागि ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ आन्तरिक राजस्वबाट उठाउने लक्ष्य राखिएको छ। संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानमार्फत

    • प्रकाशित मितिः असार १, २०८२
    • ६७२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A