सिरहा । सिरहाको औरही गाउँपालिका–३ खजनपुर टोलमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, ६५ वर्षीय भालेश्वर यादवको आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेपछि उनको मृत्यु भएको हो। प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार, सोमबार साँझ घरायसी विवादका क्रममा शैलेन्द्र र उनकी पत्नीले भालेश्वरमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भालेश्वरलाई तत्कालै प्रादेशिक अस्पताल सिरहामा लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको थियो। घटनापछि
फिरोज सिद्दिकी लहान । नेपाल बिजुली पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) ले लहान नगरपालिकालाई ज्ञापन-पत्र बुझाउँदै नदिजन्य बालुवा, गिट्टी, ढुंगा लगायतका सामग्री उठाउन लगाइएको रोकलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ। संगठनले प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले अस्थिर रूपमा नदिजन्य पदार्थ उठाउन रोकेको भन्दै दशैं, तिहार, छठ जस्ता महत्वपूणर् चाडपर्वको मुखमा मजदुरहरूको जीवन संकटमा परेको उल्लेख छ। संगठनका अध्यक्ष भगवती प्रसाद चौधरीले हस्ताक्षर गरेको ज्ञापन-पत्रमा ठेक्का प्रक्रियामा नगरपालिकाको असक्षमताको आलोचना गर्दै मजदुरहरूलाई पीडित नबनाउन चेत
फिरोज सिद्दिकी लहान । सिरहाको लहान नगरपालिकामा ढल निकास व्यवस्थापनको योजना अघि बढेसँगै नहरको अस्तित्वमा संकट उत्पन्न भएको छ। नगरपालिकाले नहरलाई पुरेर ढल निकासका योजना अघि सारेपछि पुराना नहरको अस्थितत्व संकटमा परेको हो । नगरपालिकाले नहरलाई पुरेर ढल निकासका लागि ठूलो साइजको ह्युम पाइप लाइन वा कंक्रिटको नाला बनाउने तयारी गरेको बुझिएको छ, जसले ढललाई बलान नदीमा झार्ने योजना रहेको छ। साथै, सोही संरचना पुरेर बाटो पनि फराकिलो बनाइने कुरा नगरपालिकाले अघि सारेको स्रोत दावी रहेको छ। स्थानीय बासिन्दा र किसानहरू यस योजनासँग असहमत रहेका छन्। उनीहरूको भनाइमा, लहानको कोर क्षेत्रका व्यापारी र बासिन्दाहरूलाई
फिरोज सिद्दिकी लहान । “शान्तिको संस्कृति विकास गरौं“ भन्ने मूल नाराका साथ लहानमा ४२औं अन्तर्राष्ट्रिय शान्ति दिवस भव्य रुपमा मनाइएको छ। लहान स्थित रहेको विभिन्न संघसंस्थाको आयोजनामा र्याली, कोण सभा र दीप प्रज्वलन गरी शान्तिको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको हो। लहानका मुख्य बजार क्षेत्रमा र्याली निकालेर सहभागीहरुले शान्तिको महत्वबारे जनचेतना जगाए। र्यालीपछि भएको कोण सभामा प्रमुख अतिथि लहान नगरपालिकाका उपमेयर राम चलितर महतोले शान्ति र स्थायित्वको लागि समाजमा सहिष्णुता, सहकार्य र मेलमिलापको आवश्यकता रहेको औंल्याए। साथै, अहिलेको विश्
फिरोज सिद्दिकी लहान । खुटीखोला सिंचाई संघर्ष समिती सिरहाले लहान नगरपालिकाको विभिन्न वडाका किसानहरूको तर्फबाट बुधवार जिल्ला सिंचाई कार्यालय सिरहामा ज्ञापन पत्र बुझाएको छ। समितीले लहान नगरपालिकाको वडा नं. १, २, ३, ११, १२, १९, २०, २१, २२, र २३ साथै सखुवानन्कारकटी र लक्ष्मीपुर पत्तारी गाउँपालिकाका किसानहरूको ९३५ बिग्हा जमिन सिंचित गर्न नहरको उकास अविलम्ब गरि प्रक्रिया सञ्चालन गर्न माग गरेको हो। समितीले ज्ञापन पत्रमार्फत ७ दिनभित्र माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। खुटीखोला सिंचाई परियोजनामा स्थानीय सरकारले मनोमानी ढंगले नहरमा ढल निर्माण गर्न ठेक्का दिएकोमा संघर्ष समितीले आपत्
फिरोज सिद्दिकी लहान । सिराहाको लहानमा पैगम्बर मोहम्मद (स.)को १४९९औं जन्मोत्सव धुमधामका साथ मनाइएका छन्। यस अवसरमा मुस्लिम समुदायले शान्ति जुलुस निकालेर जुलुस ए मोहम्मदी पर्व मनाएका हुन्। लहानमा आयोजित शान्ति र्यालीमा स्थानीय मुस्लिम समुदायका साथै हिन्दू धर्मावलम्बीहरू पनि सहभागि भएका थिए, जसले धार्मिक सद्भाव र भाइचाराको सन्देश फैलाएको छ। र्यालीमा सहभागीहरूले विभिन्न धार्मिक नारा लगाउँदै शान्ति, सद्भाव र सहिष्णुताको सन्देश दिएका थिए। समाजमा सबै धर्मका मानिसहरूबीच एकता र भाइचारालाई प्रोत्साहन गर्ने उद्देश्यले यो पर्व मनाइएको हो। हिन्दू-मुस्लिम समुदायले परस्पर शुभकामना आदानप्रदान गरी
फिरोज सिद्दिकी लहान । अखिल नेपाल किसान महासंघ, लहानले लहान नगरपालिकाका प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र बुझाउँदै किसानहरुको समस्याका विषयमा तत्काल ध्यान दिन माग गरेको छ। महासंघले नगरपालिकाले कृषि विकास र पशुपालनका योजनामा उपेक्षा गरेको भन्दै सात दिनभित्र माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो। महासंघले ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, पछिल्लो कार्यकालका महत्वपूणर् योजनाहरूलाई बेवास्ता गरिँदै जनहितका योजना स्थगित गर्ने वा असफल बनाउन खोजिएको आरोप लगाइएको छ। विशेषगरी, लहान नगरपालिकामा किसानहरूको प्रत्यक्ष हितका लागि निर्माण सम्पन्न भएको खुट्टी नहरलाई ढलमा परिणत गरेर बलान नदीमा खसाल्
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकामा रहेको नहर संचालनमा नआउँदा किसानहरु आन्दोलित भएका छन्। लहान नगर प्रमुख महेश चौधरीले सिंचाइको लागि निर्माण गरिएको नहरलाई ढलमा परिणत गरेपछि किसानहरु आक्रोशित भएका हुन्। खुट्टी खोला सिंचाइसँग सम्बन्धित किसानहरुको भेलाले आज संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। मुख्य बाली धान र गहुँको सिंचाइ अभावका कारण किसानहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका छन्। लहानका किसानहरूका अगुवा नेता सत्यनारायण यादवका अनुसार, खेतबारीमा सिंचाईको लागि निर्माण गरिएको नहरलाई प्रभावकारी रूपमा प्रयोग नगरेर नगरपालिकाले किसानमारा निणर्यहरू गरिरहेको छ। मुख
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीद्वारा लहानको सिंचाइ प्रणालीमा गरिएको विवादास्पद निणर्यप्रति किसान तथा स्थानीय जनसमुदायमा गहिरो आक्रोश देखिएको छ। खुट्टी खोलाबाट लहान नगरपालिका वडा नं. २, ११, १२, १९, २०, २१, २२, र २३ मा सिंचाइ गर्ने नहरलाई ढलमा परिणत गरी बलान नदीमा खसाल्ने निणर्यप्रति जनगुनासो बढ्दै गएको हो। मेयर चौधरीले उक्त नहरलाई ढलमा परिवर्तन गर्न ६ करोडको ठेक्का सम्झौता गरेका छन्। यो निणर्यले वडा नं. २, १९, २०, २१ र २३ मा आउने नहरलाई बन्द गर्ने छ, जसले गर्दा त्यहाँका किसानहरूलाई गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छ। निणर्यपछि ती वडाहरूमा सिंचाइको सुविधा बन
फिरोज सिद्दिकी सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ स्कुल टोलमा सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ सय ९० किलोग्राम गाँजा फेला पारेको हो। प्रहरी चौकी कर्जन्हाका प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारी र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले शोभा कुमारी साहको घर पछाडिको बारीमा प्लास्टिकका १९ वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। घटनास्थलबाट ३७ वर्षीय प्रदीप मुखियालाई शंका लागी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रह
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A