समाज

    Showing २९१-३०० of ८५३ items.
  • सबै भन्दा सानो एक्स-रे मेशिन बनाउने नेपालका अमर गुप्ता अमेरिकाद्वारा सम्मानित

    फिरोज सिद्दिकी सिरहा । लहान सिरहाका भौतिकशास्त्रमा पीएचडी गरेका ३३ वर्षीय अमरप्रसाद गुप्ताले खल्तीमा बोक्न सकिने र विकिरण तथा रासायनिक खतराहरूबाट मुक्त एक्स-रे बनाउन सफल भएका छन्। छ महिनाको निरन्तर प्रयास पछि, डा. गुप्ताले मानव हात भन्दा सानो एक्स-रे प्रणाली सफलतापूर्वक विकास गरेका हुन्। जो केवल ८६ ग्राम तौल, खल्तीमा सजिलैसँग फिट गर्न सकिने र केवल दुई एएए ब्याट्रीहरूद्वारा संचालित हुने जनाइएको छ। डा. गुप्ताले गत डिसेम्बर २०२३ मा शिकागोमा आयोजित वार्षिक रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिका बैठकमा यस विचारको बारेमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए र एक भौतिक प्रशिक्षार्थीद्वारा आरएसएनएमा उत

    • प्रकाशित मितिः माघ २८, २०८०
    • १,८८१ पटक पढिएको
    • समृद्धिपथ
  • घुर ताप्ने जनताको सरोकार

    सत्येन्द्र लाल कर्ण जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस-माघ महिनातिर मधेस-तराईका मधेसी बहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ। घुर तापिरहेका मधेसी गाउँलेहरूको मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्य र तथ्यहरूलाई उपेक्षा गर्न सरकार र नागरिक समाजको लागि असम्भव छ। मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ। अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन्। जिउ तताउने र तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटना कथाहरू र सामाजिक अनुभवका कुराहरूलाई अर्थ्याउने कार्

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ५२८ पटक पढिएको
    • समृद्धिपथ
  • सातपटकसम्म चुनिए वडा सदस्यमा लाल मोहम्मद

      जीवछ उदासी  माघ २१ गते ।  देशैभरीमा सात पटक वडा सदस्यमा निर्वाचित भएकाहरुको संख्या थोरै होला । त्यसमध्ये लहान वडा नम्बर -२ को वडा सदस्यमा सात पटक निर्वाचित हुने ६७ वर्षिय लाल मोहम्मद हुनुहुन्छ ।  चारपटक पञ्चायत व्यवस्थामा तीन पटक प्रजातन्त्र वहाली भएपछि वडा सदस्य हुनु भएको लाल मोहम्मद भन्नुहुन्छ,'तीन दशकभन्दा बढी वडा सदस्य भए । लहान नगरपालिकाको हाल २४ वटै वडाहरुमध्ये सानो वडा रहेको यस वडाको शिक्षा सरसफाई सामाजिक जागरणको काम पुरा हुन नसकेकोमा थोरै पीडा महसुस भइरहेको छ ।'  पञ्चायतकालमा गणपति महतोसँग तीनपटक राजा ज्ञानेन्द्रले गराएको स्थानीय चुनावमा आमोला महतोसँग एक

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ६१० पटक पढिएको
    • समृद्धिपथ
  • महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुदैँ

    बिशाल बस्नेत महोत्तरी, २१ माघ ।  महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ । जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो । होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए । अझ मौलिक खानाको माध्यमवाट  जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलि

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ४१६ पटक पढिएको
    • समृद्धिपथ
  • 'सहिदको व्यवस्थापन सर्वदलीय निर्णय अनुसार नै हुनुपर्छ'

    जीवछ उदासी  लहान,माघ १३ गते ।  कञ्चनपुर कमला सडक खण्ड निर्माण कार्यलाई समयमै सम्पन्न गर्न लहानको मुख्य चोकमा रहेको सहिदपार्क लहान नगरपालिकामा सम्पन्न सर्वदलीय बैठकमा भएको सर्वसम्मत निर्णयलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । हाल सहिदपार्क रहेको स्थानदेखि ५० मिटर दक्षीणमा रहेको तरकारी बजारमा सहिदपार्क राख्ने सर्वसम्मति भएको थियो ।  जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाले वाणिज्य संघको कार्यालयमा आज शनिबार  सरोकारवालाहरुसँग राख्नु भएको अन्तरक्रियामा यस्तो आवाज उठेको हो ।  अन्तर्क्रियामा प्रदेशसभा सदस्यहरु राज कुमार गुप्ता ललिता दास विद्रो

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ८७६ पटक पढिएको
    • समृद्धिपथ
  • राैतहटमा युवाहरू गाँजाको कुलतमा

    सञ्जय मिश्रा रौतहट १२ माघ। रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्। जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् ।  रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ८६५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा चैत्र २९ गतेदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव गर्ने तयारी

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,२३३ पटक पढिएको
    • समृद्धिपथ
  • जिवा खोलाको पूल निर्माण भएपछि स्थानीय खुसी

    जीवछ उदासी लहान,माघ ११ गते ।मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई शहरी क्षेत्रसँग आवत जावत गर्न जिवा खोलामा पूल निर्माण भएपछि खुसी भएका छन् । स्थानीयहरुको अनुसार जिवा खोलामा पूल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो । वर्षातको समयमा रजैया सडक पुरै बन्द रहन्थ्यो । पूल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो । ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिरहा खण्डका नरहा र विषणुपुर गाँउपालिका देखि बडहरामाल हुँदै कमालासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवा खोलामा पूल निर्माण गरि दिएपछि एउटा समस्या टरेको स्थानीय हेम कुमार याद

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ४६६ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले सार्बजनिक गर्‍यो पहिलो प्रकारको “बाइ वान गिफ्ट वान फ्री“ योजना

    काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले “बाइ वान गिफ्ट वान फ्री’’ अर्थात एक किन्दा एक उपहार इन्टरनेट योजना सार्बजनिक गरेको छ। नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था भायानेटले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यो योजना सार्वजनिक गरेको हो । यस योजना अतर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिकका प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो योजनामा योग्य हुनको लागि भायानेटका ग

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५०३ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा मिटरब्याज पीडित र साहुबीच कुटाकुट, एक जना घाइते

    सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।  जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो।  छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ७५९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A