समाज

    Showing ४४१-४५० of ८५३ items.
  • पत्रकार महासंघ सिरहाको १३ औं साधारण सभा सम्पन्न

    फिरोज सिद्दिकी, लहान । नेपाल पत्रकार महासंघ सिरहा शाखाको १३ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । लहान स्थित रहेको धार्मिक पर्यटकिय स्थल सलहेश फुलवारीको सभाहलमा भएको साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह र लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका लहान नगर प्रमुख चौधरीले सुशासनलाई प्रभावकारी बनाउन, विकास निर्माणको कामलाई सहयोग पुग्नेगरी समाचार लेख्न आग्रह गर्नु भयो । उहाँले नेपाल पत्रकार महासंघ सिरहा शाखाका लागि लहानमा आफ्नै भवन निर्माण गर्न १० घुर जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्न

    • प्रकाशित मितिः पुस २, २०७९
    • ७०४ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई पतंजली सिरहाको सम्मान

    फिरोज सिद्दिकी, लहान । पतंजलि योगपीठ नेपाल सिरहा शाखाले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित संघीय सांसद तथा प्रदेश सभासदस्यहरुलाई सम्मान गरेका छन् । बुधबार बिहान लहान स्थित रहेको पतंजलि योगपीठ नेपाल सिरहा शाखाको सभा हलमा आयोजित विशेष कार्यक्रममा पतंजली सिरहाका अध्यक्ष वि.पी चौधरीले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन् । सिरहा १ बाट प्रतिनिधि सभामा रामशंकर यादव र गंगा प्रसाद यादव संघीय सांसद छन् भने राजेन्द्र प्रसाद चौधरी, राजकुमार गुप्ता र ललिता दास विद्रोही प्रदेश सभा सदस्य हुन् । यादव र विद्रोही समानुपातिकबाट निर्वाचित भए

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • ४५३ पटक पढिएको
    • समृद्धिपथ
  • धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ

    लहान । जंगलमा घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महतो कोईरी र सोही नगरपालिका -१ बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मंगलबार करिब ३ बजे कर्जन्हा नगरपालिका-१० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो। लक्ष्मिनीया श्रीमान् वैदेशिक रोजगारको क्रममा कतारमा हुँदा लक्ष्मिनीया र पक्राउ परेका राजकुम

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • ६६४ पटक पढिएको
    • समृद्धिपथ
  • महाभियोग निष्क्रिय हुने संसद् सचिवालयको पत्रमा कार्यान्वयन नगर्न आदेश

    काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संघीय संसद्‌का महासचिव भरत गौतमले लेखेको पत्रमा कुनै कानुनी आधार नदेखिएको टिप्पणी गरेको छ। सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधान

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ४५७ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

    मुकेशकुमार यादव सिरहा, २३ मंंसिर । कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो । कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए । निशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निशुल्क हुने

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ६९१ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजारमा माओवादी केन्द्रले गरेको जक्का जाम सहमति पछि खुल्यो

    लहान । नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरु गोलबजार स्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी गरेको चक्का जाम ८ घण्टा पछि खुलेको छ । शुक्रबार सिरहा ३ बाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह-इन्चार्ज लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरुले गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको घरमा ढुंगामुढा गरेको आरोप लगाउदै शनिबार दिन भरी बन्द गरिएको सडक ढुङ्गामुडा गर्नेमाथि कार्वाही गर्ने सहमति पछि खुलेको हो । माओवादी केन्द्रका कार्यकर्ताहरु विहानैदेखि प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गर्दा लामो तथा छोटो दूरीका सवारी साधन अलपत्र परेका छन् । विरोधमा संलग्नह

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • ४३८ पटक पढिएको
    • समृद्धिपथ
  • प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न

    एलिना हिङ्गंमाङ्ग चौधरी, लहान, १ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशका ६ पालिका र प्रदेश नं. १ को उदयपुर जिल्लाको दुई वटा नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा खसेको मतहरु वदर नहोस भन्ने उदेश्यले आई एफ एस नेपालको सहयोगमा समग्र विकास सेवा केन्द्रको आयोजनामा सिरहाको लहान र कर्जन्हा नगरपालिका, सप्तरीको सुरुङ्गा र शम्भुनाथ नगरपालिका, धनुषाको जनकपुर उपमाहानगरपालिका र धनुषाधाम नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम गरिएको छ । त्यस्तै प्रदेश १

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ६५० पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा निर्वाचनको तयारी पूरा

    सप्तरी, १ मंसिर  जिल्ला निर्वाचन अधिकृतको कार्यालय सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीमा निर्वाचनको तयारी पूरा भएको बताएका छन् । उनले जिल्लामा २९७ मतदानस्थलमा ५३६ वटा स्थायी र २ वटा अस्थायी गरी ५३८ वटा बुथमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।'जिल्लामा टाढा रहेको बुथमा सुरक्षाकर्मीसहित आजै मतदान सामग्री पठाइउने काम भइरहेको छ । नजिकै रहेका बुथमा भोलि कर्मचारी सुरक्षाकर्मीसहित मतदान सामग्री पुग्ने उनको भनाइ रहेको छ । ३० वैशाखमा भएको स्थानीयतह निर्वाचनको आधारमा २९७ वटै मतदानस्थलको सुक्ष्म अध्यनन गरेर निर्वाचनको तयारी गरिएको जानकारी दिए

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ६०१ पटक पढिएको
    • समृद्धिपथ
  • अब प्रत्येक दिन उम्मेदवारले गरेको खर्चको विवरण प्रहरीले पठाउने

    काठमाडौं, २८ कात्तिक  नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अबदेखि दैनिक रुपमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा गर्ने खर्चको विवरण निर्वाचन आयोगलाई पठाउन्ु पर्ने भएको छ ।  केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले उक्त निर्णय गरेको हो ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहितालाई कडाईका साथ लागू गर्न उक्त निर्णय गरिएको हो ।    बैठकले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरु र निर्वाचनमा ख

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • ३३३ पटक पढिएको
    • समृद्धिपथ
  • मतदानको दुई दिन अघिदेखि आयोगद्वारा मदिरा बिक्री र सेवनमा रोक

    काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो । मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ । -न्युज कारखाना

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • २६७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A