नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सिम्रौनगढ बिओपी र बाहिनीको स्क्वाड टोलीले मोटरसाइकलमा आइरहेका उनीहरुलाई बाराको बस्तवारिया-कर्चौवा सडक खण्डबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारिका २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँका २२ वर्षीय अखलेश कुमार सिंह छन् । उनीहरको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान लोड गरेको म्यागजिन, एक थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बिआर ०१ सी १३१६१ भारतीय नम्बरप्लेटको मोटरसाईकलमा नेपालतर्फ आउँदै
जीबछ उदासी लहान, बैशाख 20 गते । लहान नगरपालिका र भगवानपुर गाउँपालिकाको बीचमा रहेको सखुवानन्कारकटि गाँउपालिकामा जति जति निर्वाचन नजिकिँदै गइरहेको छ, त्यति नै रोमाञ्चक प्रतिस्पर्धा हुने संकेत देखिन थालेको छ । चुनावको एक दुई दिन अगाडिको दिनलाई सेमि फाइनल भन्ने गरिन्छ । सेमि फाइनलमा जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टी आउट हुने र अन्तिम खेल यस पटक नेकपा एमाले र नेपाली काँग्रेसबीच नै हुने चर्चा मतदाताबीच हुन थालेको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जीत हासिल गरेको यस गाँउपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नेकपा एमालेबाट फुटेर गठित एकिकृत समाजवादी रोजेका थिए । नेकपा एकिकृत समा
जीवछ उदासी बैशाख ५ गते । नेकपा एमालेको पोलिटब्युरो सदस्य,मधेस प्रदेशको सह-इन्चार्ज लिलानाथ श्रेष्ठले एमालेले जिते मात्रै समाजमा समृद्धि र विकास हुने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला कमिटिमो पूर्ण बैठकलाई सिरहाको दहिपौरीमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको हो । मधेस प्रदेशमा एमाले ठूलो पार्टी बन्न गइरहेको भन्दै उहाँले सिरहा जिल्लाको समृद्धि र विकासको लागि १७ वटै पालिकामा नेकपा एमाले स्थानीय चुनावमा बलियो हुनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले थप्नुभयो,'गठबन्धन केहि पनि होइन,कसैले भत्काउनु पर्दैन आफै भत्किरहेको छ । एमालेको पक्षमा अझै जनलहर सृजना गर्न एमालेको न
वीरनायक सलहेशको गाथासँग जोडिएको सम्पदा मध्ये फूलबारीले मिथिला क्षेत्रको विशेष प्रतिनिधित्व र महत्व राख्दछ । दुसाध जातिको कुल देवताको रुपमा रहेको सलहेश मिथिला अञ्चलको निकै प्रभावशाली देवताको रुपमा आदरपूर्वक पूजिने गरिन्छ । सहलेश मिथिला अञ्चलका यस्ता देवता हुन जसको परिवारको प्रत्येक सदस्यलाई कुनै न कुनै रुपमा पुजिने गरेको पाइन्छ । अर्थात एक्कै शब्दमा भन्ने हो भने सलहेश परिवार देवताहरुको परिवार हो । यस परिवारमा सलहेश सबै भन्दा प्रमुख देवताको रुपमा पुजिदै आएको छ । यीनका माइला भाई मोतीराम पहलमानहरुको देवताको रुपमा पुजिन्छ । भनिन्छ पहलमानहरु कुस्ती खेल्न आखाडामा जानु अघि मोतीरामको स्मरण गर्दछन । यीन
जीवछ उदासी स्थानीय चुनवको बैशाख ३० गते एकै चरणमा हुन गइरहेको छ । चुनावी परिणाम आफनो पक्षमा ल्याउन दलहरु सबै शक्ति झोक्ने गरी तयारी गरिरहेको छ । यस पटकको स्थानीय चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनाव लडने गृहकार्य गरिँदैछ । यता नेकपा एमाले एक्लै गठबन्धनसँग लडन तयार रहेको ताल ठोकिरहेको छ । चुनावी परिणाम के हुने ?यसबारे विभिन्न अडकलहरु भइरहेको छ । चुनावमा जीतको दावी गरी चुनावी मैदानमा जानुलाई सुन्दर पक्ष नै मानिन्छ । पाँच वर्ष स्थानीय सरकार हाँकेका दलहरु उपलब्धिको सूची तयार गरेर जनतामा जानुपर्छ भने प्रतिपक्षमा रहेका दलहरुले पाँच वष्र्रमा मा कहाँ कहाँ चुक्यो भन कमजोरी खोज्दैछ । चुनावमा जनतासँग गरेक
जीबछ उदासी चैत २२ गते । लहान नगरपालिका ३ मा जनता समाजवादी पार्टीबाट निर्वाचित चारै जना सदस्यहरु नेकपामा प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा नजनता समाजवादी पार्टीबाट निर्वाचित भएका राजाराम महतो,गणिता महतो,विसुन महतो र नगिना पासवानले जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । लहानमा नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय सरकारले विकासको लहर नै ल्याएको र देश र प्रदेशमा पनि एमाले बाहेक अरु दलले विकास गर्न नसक्ने भएकोले आफूहरुले जसपा पार्टी प।ित्याग गरी नेकपा एमाले प्रवेश गरेको जव प्रवेशी वडा सदस्य राजाराम महतोले धारणा राख्नुभयो ।नव प्रवेशी वडा सदस्यहरुसँगै जसपा र नेपाली काँग्रेस परित्या
जीबछ उदासी लहान,चैत २० गते ।लहान नगरप्रमुद मुनि साहले भाषा साहित्य संरक्षण र विकासको लागि लहान–७ मा विद्यापति भानुभक्त बाचनालय निर्माण गरेको बताउनु भएको छ । २०७४ सालमा चुनावमा नरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न भानुभक्त बाचनालयको तीन तल्लाको भवन निर्माण गरेर यस भेगमा बोलिने मैथिली थारु र नेपाली भाषा लगायत अन्य मातृभाषहरुको संरक्षणको लागि निर्माण भएको बाचनालयको संरक्षण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो । २०२२ सालमा सञ्चालनमा आएको भानुभक्त बाचनालयको जीर्ण भवनलाई भत्काएर भूई तल्लामा गाडी पार्क तल्ल्लो तल्लामा पसल , दोस्रो तल्लामा सांस्कृतिका कार्यक्रम र तेुस्रने तल्लामा संग्रालयमा राखि
जीबछ उदासी लहान,चैत १८गते । गोलबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राम देव यादवको निधन भएको छ । मुटु रोग लागेका यादवको उपचारको क्रममा मृत्यु भएको हो फागुन महिनामा काठमाण्डांैबाट उपचार गरेर घर फर्किनु भएको यादव दुई दिन अघि गाउँकै बजारमा आएको वेला वेहोस हुनु भएको थियो । विराटनगरमा थप उपचार गराउने क्रममा मृत्यु भएको गोलबजार नगरपालिकाले जनाएको छ । गोलबजार ११ बलकवा घर भएको यादव नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । उहाँको तीन छोरी र श्रमति रहेको यादवको मृत्युले नगरपालिकाको एक सदस्य गुमेकोमा गोलबजार नगरपालिका शोकाकूल भएको नगरप्रमुख देबनाथ साहले बताउनुभयो । यादवको दाह संस्कारको लागि तयारी
जीबछ उदासी लहान,चैत १६ गते । स्थानीय चुनावमा नेकपा एमालेको सबै पदका उम्मेदबारहरुलाई जिताउन नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले निर्देशन दिनु भएको छ । नेकपा एमाले वडा नम्बर –८ को पार्टी कार्यालय उद्घाट्न तथा आयोजित वडा भेलालाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताउनु भएको हो । ‘अहिले उम्मेदबार चयन नभएको अवस्थामा पार्टीको चुनाव चिन्ह भएको झण्डा लिएर टोलटोलमा गएर पार्टीले गरेको कामबारे जनतालाई बुझाउन ढिलो नगारौ’, उहाँले निर्देशन दिनुभयो ।गठबन्धनको भविष्य नरहेको नेता यादवले भन्दै नेकपा एमालेको पक्षमा देशैभरी जनलहर सृजना भएकोले नेकपा एमालेलाई जनताले
जीबछ उदासी लहान,चैत १४ गते । लहान–७ स्थित रहेको दुर्गा मन्दिर निर्माण र लहान –१३ बाट २४ किलोमिटर चक्रपथ निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार नगरप्रमुख मुनि साहले शिलान्यास गरेपछि दुबै कार्यको शुभारम्भ भएको हो । विकासको आधार : शिक्षा, स्वास्थ्य,पर्यटन र पुर्वाधारको नारालाई पुरा गर्न शहरी क्षेत्रमा धार्मिक पर्यटनमा टेवा पुरयाउन दुर्गा मन्दिर निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।लहानको इतिहाससँगै जोडिएको दुर्गा मन्दिर निर्माण कार्य सुरु भएको छ भने राम मन्दिर निर्माण कार्य अघि बढिसकेकोले चुनावमा जनतासँग गरेको प्रतिवद्धता पुरा हुन लागेको नगरप्रमुख साहले भन्दै उपलब्ध स्रोत साधन र ब
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A